नेपाल-भारत द्वन्द्वमा सतर्क बन्दै चीन सरकारको बक्तव्य सार्वजनिक (छापाबाट)


नेपालमा बढ्दै गएको द्वन्द्वका कारण नेपाल भ्रमण गर्न चाहने चिनीयाँ नागरिकलाई सतर्कता अपनाउन चीन सरकारले आग्रह गरेको छ ।

नेपाल स्थित चिनीयाँ दूतावासले जारी गरेको बक्तव्यमा नेपालको दक्षिणी क्षेत्रमा द्वन्द्व र हिंसाका घटना दिन प्रतिदिन बढ्दै गएकाले सो क्षेत्रको भ्रमण नगर्न र जानै परेपनि सतर्कता अपनाउन आग्रह गरेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

चिनीयाँ विदेश मन्त्रालयले नेपाल भारत सीमा क्षेत्रमा केही दिनदेखि तनाव बढ्दै गएकाले त्यस क्षेत्रमा भ्रमण गर्नुपरे उच्च सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।