बेल्जियमबाट धितालले गाए “यति बेला उनीलाई “


बेल्जियम/ गायक नारायण धितालको अर्को म्युजिक भिडियो “यति बेला उनीलाई ” सार्बजनिक भएको छ।  बेल्जियममा छायांकन गरिएको उक्त भिडियोमा प्रेमभाव र प्राणघातक क्यान्सर रोग लागेर  श्रीमती गुमाउनुको पीडालाई निकै मार्मिक ढंगले कथानक रुपमा प्रस्तुत गरिएको छ।

थकित यात्रीको शब्द,गायक धितालकै संगीत र  महाराज थापाको संगीत संयोजन रहेको उक्त गीतको  भिडियो हाल  स्कटल्याण्डमा रहेका दिपेश रेग्मीले निर्देशन गरेका छन्।

उक्त म्युजिक भिडियोमा गायक नारायण धिताल, शान्ति भट्ट, शिवम धिताल र सुदर्शन घिमिरेको अभिनय रहेको छ। हाल बेल्जियम रहेका गायक धितालले अहिलेका चर्चित कलाकार हरु अन्जु पन्त, शिव परियार, रामचन्द्र काफ्ले, हरि लम्सालहरु संगै चार वर्ष गन्धर्ब संगीत पाठशालामा गायन र संगीत अध्ययन गरेका थिए।गायक धितालले यसअघि दुइवटा आधुनिक एल्बम बजाएका ल्याएका थिए।