नेपाली नारी, संसार भरी (फोटोफिचर सहित )


बार्सिलोना / नेपाली महिलाहरु बिश्वका कुना काप्चामा पुगिसकेको बेला स्पेनमा रहेका नेपाली महिलाहरुले पनि कातोलोनिया क्षेत्रमा नेपाली झन्डा फहराएका छन्।  १०७ औ अन्तराष्ट्रिय महिला दिबसको अबसरमा “नेपाली नारी संसार भरी” भन्दै नारा लगाउँदै झन्डा फहराएका हुन्।

महिला अधिकारका नारा सहित प्ले कार्ड प्रदर्शन गर्दै बार्सिलोनामा आयोजना भएको र्‍यालीमा सहभागिता जनाएका हुन्। सो अबसरमा नेपाली महिलाहरुले बिदेशी समुदाय माँझ नेपाली तथा स्पेनिस भाषामा महिला हक अधिकारका नारा लगाए।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन स्थित महिला फोरमको नेतृत्वमा महिला दिदिबहिनीहरुको उल्लेख सहभागिता रह्यो। महिला अधिकारको आवाज उठाउँदै आएको स्पेनिस सँस्था “काला दोना ” सँग ऎक्यबद्दता जनाउँदै फोरमले सँगै महिला दिबस मनाएको हो।17191337_1968341636720349_2443068952122662245_n (1)महिला अधिकारका नारा सहित प्ले कार्ड प्रदर्शन गर्दै बुधबार बार्सिलोनामा निकालिएको र्‍यालीमा हजारौको सहभागिता रहेको थियो।आप्रबासीहरुको हकहितका लागि लड्दै आएको सँस्था पापेलेस पारा तोदोसले पनि र्‍यालीमा भाग लिएको थियो।

महिला फोरम संयोजक सीता सिंहले यसपटकको महिला दिबस बिदेशी समुदायसँगै मिलेर मनाईएको हुँदा सोचे भन्दा राम्रो भएको बताईन्। उनले भनिन् “ बिदेशी भुमिमा नेपाली महिलाहरुद्वारा अन्तरास्ट्रिय नारी दिवस का दिन निकालिएको र्‍याली मार्फत हाम्रा आबाज पनि राख्न पायौ। महिला हक अधिकारका लागि लड्ने यहाँका संघ सँस्थासँग नजिक हुने अबसर मिल्यो,भविष्यमा हामीलाई समस्या परेमा कानुनी लडाई लड्न पनि सहज हुनेछ।”17190610_1968342970053549_6573253451491629982_nनेपाली महिलाहरु एनआरएन फोरमको पोशाक सहित र्‍यालीमा सहभागिता जनाएको हुँदा बिदेशी मिडियाहरुले समेत चासो ब्यक्त गरेका थिए। स्पेनिस महिलाहरुले समेत’ “नेपाली नारी हिमाल सरी” भन्दै ‘ माइकबाट नै नारा लगाउँदा बाताबरण नेपालमय बनेको थियो। अन्तराष्ट्रिय महिला दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाउँने गरिन्छ।16997906_1968357890052057_8328153429267494054_n17103441_1968357916718721_8009554178197407977_n16708667_1968341780053668_2230261958788981408_n