माओबादी केन्द्र,नेपाली काँग्रेस र विप्लप माओबादीका नेता तथा कार्यकता एमालेमा प्रवेश


पोखरा-माओबादी केन्द्र नेपाली काँग्रेस र विप्लप माओबादीका गरि दुई दर्जन नेता तथा कार्यकता एमालेमा प्रवेश गरेका छन् । एमालेले संचालन गरेको घर फर्क र पार्टी प्रवेश अभियान अन्र्तगत आइतबार एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा माओबादी केन्द्रका केन्द्रीय सदस्य दिलिप विक्रम शाही, जिल्ला सचिवालय सदस्य राजेन्द्र गौतम, राज्य समिति सदस्य शोभाखर भण्डारी,जिल्ला सचिवालय सदस्य बलराम गौतम, सचिवालय सदस्य राजेन्द्र गौतम, जिल्ला सदस्य कृष्ण शर्मा, क्रान्तिकारी बृद्धिजिवि परिषद् सदस्य हिरा गिरी, यमनाथ पौडेल, गिता तिवारीले एमाओबादी त्यागेर एमाले प्रवेश गरे ।

त्यस्तै नेत्र विप्लप चन्द माओबादीका टिकाराम दाहाल, नेपाली काँग्रेस कास्कीकोट गाँउ विकास समितिका उपसभापति बाबुराम तिमिल्सिना, बलबहादुर भुजेल, सन्दीप सुवेदी, सृजना पौडेल, लक्ष्मी सुवेदी, अनिल सुवेदी, सुजन सुवेदी, गंगा पौडेल, कमल अधिकारी, विष्णु पराजुली, हेमप्रसाद सुवेदी, चन्द्रकला सुवेदी, देवराज सुवेदी र कुलप्रसाद सुवेदी एमालेमा प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका सवैलाई एमाले प्रदेश नम्वर चारका संयोजक एवं स्थायी कमिटि सदस्य किरण गुरुङ, सहसंयोजक गणेश तिमिल्सिना, बैकल्पिक केन्द्री सदस्य मानबहादुर जिसी, एमाले सल्लाहाकार समिति सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारी, एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले अविर, खादा र माला लगाएर पार्टी प्रवेश गराएका थिए । कार्यक्रममा बोल्दै एमाले प्रदेश नम्वर चारका संयोजक किरण गुरुङले देशलाई आर्थिक समृद्धि तर्फ लैजान र संविधान कार्यान्वयन गर्न एमालेको नेतृत्व आवश्यक रहेको बताए ।

उनले अव देश बनाउने र समृद्ध बनाउने क्षमता एमालेसंग मात्रै भएको बताउदै पार्टी प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिने बताए । सहसंयोजक गणेश तिमिल्सिनाले अहिलेको आवश्यकता संविधान संसोन नभएर संविधान कार्यान्वयन गर्ने बेला भएको बताए । उनले एमालेलाई बहुमत सहितको ठूलो पार्टी बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए । पूर्वमन्त्री खगराज अधिकारीले नेकपा एमाले राष्ट्रियता र स्वाभिमानका पक्षमा अडिग रहेका कारण एमाले प्रवेशको लहर चलेको बताउदै सवैलाई समान जिम्मेवारी प्रदान गरिने बताए ।

पार्टी प्रवेश गर्नेहरुका तर्फबाट बोल्दै दिलिप विक्रम शाहीले हिजो निर्माण गरेको घरमा फर्केको बताउदै एमालेलाई ठूलो पार्टी बनाउने अभियानमा सहभागी हुने बताए । राजेन्द्र गौतमले माओबादी केन्द्रमा लम्सारबाद मौलाएको बताउदै त्यहा बसेर आफना इच्छा र आकाङक्षा पुरा हुने अवस्था नरहेका कारण एमाले प्रवेश गरेको बताए । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा माओबादी केन्द्र परित्याग गरेकी हिरा गिरी, काँग्रेस परित्याग गरेका बाबुराम तिमिल्सिना लगायतले बोलेका थिए ।