जनसम्पर्क समिति डेनमार्कको नयाँ नेतृत्वका लागि मतदान जारी


कोपेनहेगन / नेपाली जनसम्पर्क समिति डेनमार्कको नयाँ नेतृत्वका लागि आज बिहानै देखि मतदान जारी रहेको छ। समितिको चौथो अधिबेशनमा नेतृत्वका लागि सहमती हुन नसके पछि मतदान भएको हो। १ हजार ६ सय ५९ मतदाता मध्ये हालसम्म ३ सय मत खसिसकेको निर्बाचन समितिले जनाएको छ।

नेतृत्वका लागि विरेन्द्र सिंह कार्की र शैलेन्द्र अधिकारीले दावी गर्दै प्यानल सहित खडा भए पछि अधिबेशन मतदान तर्फ होमिएको हो। कार्की यसअघि समितिको प्रवक्ता थिए भने हालको समितिका सल्लाहाकार हुन्। यस्तै अर्का अध्यक्षका प्रत्यासी अधिकारी समितिमा सल्लाहाकारको रुपमा छन् । मतदान साँझ सम्म जारी रहने छ।

16729020_598037633716131_2315215174891024740_nयता अधिबेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल शुक्रबार नै डेनमार्क आईपुगेका छन्। नेता पौडेलले प्रमुख अतिथिको रुपमा आज साँझ नै अधिबेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पुर्ब सभामुख तथा उप-प्रधानमन्त्री समेत रहेका पौडेलको सम्मानमा डेनमार्क स्थित नेपाली दुताबासले शुक्रबार साँझ रिसेप्सन कार्यक्रम पनि सम्पन्न गरेको थियो।

सन् २००५ मा  स्थापना भएको समितिका संस्थापक अध्यक्ष डोलराज पौडेल (नविन) हुन् भने सन् २००९ मा सम्पन्न पहिलो अधिबेशनबाट त्रिलोचन सापकोटा अध्यक्षमा निर्बाचित भए।  यस्तै सन् २०११ को दोस्रो अधिबेशनबाट यामलाल सुबेदी अध्यक्षमा सर्बसम्मत चुनिएका थिए । सन् २०१४ को तेस्रो अधिबेशनमा भने अलि पृथक सहमति बन्यो फलस्वरूप दुई जना अध्यक्ष बने। पहिलो बर्ष रामचन्द्र पाठक अध्यक्ष भने हाल नबराज आचार्य (नविन) अध्यक्षको रुपमा कार्यरत छन्।