ल हेरौ आजका पत्रपत्रिकाको फ्रन्टपेज


आज शनिबार प्रकाशित दैनिक पत्रपत्रिकाहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच जेठको पहिलो साता स्थानीय निर्वाचन गर्ने समझदारी भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

उर्जामन्त्री जनार्दन शर्माको ‘उर्जा’ले नै ‘देश उज्यालो’ भएकोलाई मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले देशमा सुरक्षा चुनौती बढेको बताएको समाचारलाई प्राथमिकता दिएको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले कीर्तिमान प्रमाणपत्र अनुमानकै आधारमा दिने गरेको समाचारलाई महत्व दिएको छ ।

सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट मन्दिर-मस्जिद निर्माणमा खर्च गरेको समाचारलाई खास महत्व दिएको नागरिक दैनिकले ‘चुनावमा पार्टीका च्याँखेदाउ’ शीर्षकको समाचारलाई प्राथमिकताका साथ छापेको छ । त्यस्तै जेलमा रहेका बालबालिकाको स्टोरीले महत्व पाएको छ ।

कान्तिपुर दैनिकले नेपालबाट बन्दाको नाममा काउली भारत निकासी हुने गरेको समाचारलाई प्राथमिकता दिएको छ ।

राजधानी दैनिकको फ्रन्टपेजमा ‘३ प्रतिशत थ्रेसहोल्ड, एक सिट अनिवार्य’ शीर्षकको समाचार छापिएको छ ।

गोरखापत्र दैनिकमा राजनीतिक निकासका लागि प्रधानमन्त्री सक्रिय भएको समाचार र स्थानीय तहको निर्वाचन गराउन कानुनी बाटो खुलेको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।
1
7
6
5
2
3
4

अस्पतालमा बढेको फोहोरसम्बन्धी समाचारलाई महत्व दिएको नेपाल समाचार दैनिकले सिंहदरबार पुनर्निर्माणसम्बन्धी समाचारलाई फ्रन्टपेजमा छापेको छ ।