गायन र नृत्य प्रतिभाको खोजी नेपाल गोल्डेन आइडल सिजन फोर


राजाराम पौडेल,पोखरा-गोल्डेन स्टार मल्टिमिडियाद्धारा आयोजित नेपाल गोल्डेन आइडल सिजन फोरका लागि उत्कृष्ट ६० प्रतियोगी छनोट भएका छन् । गायन तथा नृत्य दुई विधामा आयोजित यस प्रतियोगीतामा नेपालका ७२ जिल्लाका ३ हजार ३ सय २० प्रतियोगीले अडिसनमा भाग लिएको संयोजक सरन गुरुङले जनाए ।

प्रतियागीताका लागि विभिन्न चरणका अडिसन जारी रहेका छन् । बाँकी अडिसन फागुन ६, १८ र २९ गते हुनेछ । प्रतियोगीताको फाइनल भने चैत्र २६ गते पोखरा सभागृहमा हुनेछ । फाइनल प्रतियोगीतामा दुवै विधाका अडिसन मार्फत उत्कृष्ट छानिएका पाँच–पाँच जनाका विचमा प्रतिष्पर्धा हुनेछ ।

उपाधी विजेताले स्कुटर, फस्ट रनरअपले नगद ५० हजार र सकेन्ड रनर अपले नगद २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । साथमा फिल्म र म्युजिक भिडियोमा खेल्ने अवसर उनीहरुले पाउनेछन् । प्रतियोगीताको निर्णायकमा गायक रामभत्त जोजीजु, ओमराज पौडेल र निरुता गुरुङ रहेका छन् । पहिलो चरणको अडिसन गत असौज ७ गतेबाट सुरु भएको थियो । अडिसनमा ७ वर्ष देखि ७५ वर्षसम्मका उमेर समुहका व्यक्तिले भाग लिएको आयोजकले जनाएका छन् ।