अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा पश्चिमाञ्चल महिला/पुरुष दुबैमा तेश्रो, उपाधि भिडन्त शनिबार


पोखरा- आयोजक पश्चिमाञ्चल पोखरामा जारी श्रृजना अन्तर्राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फ तृतीय भएको छ । शुक्रबार भएको प्रतिष्पर्धात्मक खेलमा पुरुषतर्फ सशस्त्र प्रहरी वलको एपीएफ र महिलातर्फ नेपाल पुलिस क्लवलाई हराउँदै पश्चिमाञ्चलको महिला÷पुरुष दुबैतर्फ तृतीय भएको हो ।

पोखरा रंगशालामा शुक्रबार भएको पुरुषतर्फको खेलमा पश्चिमाञ्चलले एपीएफलाई ३÷२ को सेटमा पराजित ग¥यो । पश्चिमाञ्चलले एपीएफलाई २५–२३, २५–१५, २५–२३, २५–१५ र १५–१३ ले हराउँदै तेश्रो स्थान सुरक्षित गरेको हो । सो खेलमा पश्चिमाञ्चलका काजी केसी म्यान अफ दी म्याच भए ।

त्यस्तै, शुक्रबारै भएको महिलातर्फको प्रतिष्पर्धामा पश्चिमाञ्चलले नेपाल पुलिस क्लवलाई ३÷० को सोझो सेटमा पराजित ग¥यो । कमजोर प्रदर्शन गरेको पुलिस टीमलाई पश्चिमाञ्चलले २५–२१, २५–२२, २६–२४ को सेटमा पराजित गरेको हो । सो खेलमा पश्चिमाञ्चलकी मञ्जु गुरुङ वुमन अफ दी म्याच भईन् ।

प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने पश्चिमाञ्चलले महिला तथा पुरुष दुबैमा जनही ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

तृतीय स्थानको पुरस्कार महिला तर्फ पोखरामा घर भई हाल युकेमा रहेकी प्रिती गुरुङ्ग र पुरुष तर्फको पुरस्कार पोखरा भलिबल क्लब सिड्नी, अष्ट्रेलियाले प्रायोजन गरेको थियो ।

यसैबीच, श्रृजना अन्तर्राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुँदैछ । पोखरा रंगशालामा दिउँसो १ बजे शुरु हुने प्रतियोगिताको उपाधिका लागि पुरुषतर्फ त्रिभूवन आर्मी र नेपाल पुलिस क्लव तथा महिलातर्फ न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरी वलको एपीएफ क्लव प्रतिष्पर्धामा उत्रिनेछन् ।

पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ र कास्की जिल्ला भलिवल संघको संयुक्त आयोजना, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको समन्वय, जिल्ला खेलकुद विकास समितिको विशेष सहयोग तथा श्रृजना विकास केन्द्र मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको महिला तथा पुरुष दुबैतर्फको उपाधि बिजेताले १ लाख ५५ हजार ५ सय ५५ र उपबिजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।