डेनमार्कबाट पौडेलले भने:- कमाएर घर जग्गा जोड्नु भन्दा, लगानी गर्नुहोस्


बसन्त रानाभाट/ प्रकाश ढकाल

कोपेनहेगन/ नेपाली काग्नेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले विदेशमा कमाएको पैसाले घर जग्गा जोड्नु भन्दा लगानी गर्नु पर्नेमा जोड दिएका छन्।  डेनमार्क स्थित नेपाली दूताबासले शुक्रबार साँझ आयोजना गरेको रिसेप्सन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले थोरै -थोरै पैसा जम्मा गर्दै पुँजीमा जोड्न सकेमा मुलुकलाई समेत फाईदा हुने बताएका हुन्।

पौडेलले भने, “अलि अलि बिदेशमा संकलन भएको पैसालाई पुँजीमा कसरी रुपान्तर गर्न सकिन्छ भन्ने बारे सोचौ। यसो गर्दा तपाईलाई मात्र हैन मुलुकलाई पनि फाईदा हुन्छ। पैसा लग्यो जग्गा किन्यो घर बनायो तर यसले भोलिको लागि फाईदा हुँदैन, जम्मा गरेको पैसाले लगानी गर्न सक्यौ भने भविष्यको आधार  पनि सुनिश्चित हुन्छ।”

नेपालको राजनीतिक संयन्त्र गतिलो नभएका कारणले नै देशको बिकास हुन नसकेको नेता पौडेलले बताए। तर एउटा ब्यबस्थालाई स्थायित्व दिन सके,अबको १० बर्ष भित्र नै मुलुकले काचुली फेर्ने दाबी समेत गरे। पौडेलले भने,” संक्रमणकालमा अहिलेको लडाई भनेकै राम्रो ब्यबस्थालाई स्थायित्व दिनका लागि हो। कृषि क्रान्ति,पर्यटन विस्तार र उर्जा शक्तिको मात्र बिकास हुन सक्यो भने,यहाँको जस्तै बिकसित रुपमा देख्न सक्छौ,नेपालमा पनि यस्तै एयरपोर्टहरु  बनाउँन सक्छौ।”ramchandraउनले नदीनाला, हिमाल, पहाड तथा प्राकृतिक सौन्दर्यताले नेपाल निकै धनी मुलुक भएता पनि टेक्नोलोजीमा पछि परेको बताए। “अन्य कुराले हामी धेरै अगाडी छौ तर टेक्नोलोजीमा भने यिनीहरु नै अगाडी भए। तर बिस्तारै बिस्तारै नेपालले पनि सिको गर्दै छ.तपाईहरु पनि आफ्नो अनुभवलाई मुलुकका लागि प्रयोग गर्न सक्नु भएमा हामी पनि अगाडि बढ्न सक्छौ” पौडेलले भने।

मुलुकमा संबिधान जारी भएपछि  एउटा ब्यबस्थाको टुंगोमा पुगेको बताउँदै उनले अब यसलाई संस्थागत गर्नु पर्नेमा जोड दिए। उनले भने,” स्टेबल हुन नदिने खेल भईरहेको छ तर अनुकुल प्रतिकुल परिस्थितिमा पनि देशलाई कसरी सम्हालेर लौजाने भनेर संघर्ष गर्नु पर्ने हाम्रो काम हो।”viber imageबरिष्ट नेता रामचन्द्र पौडेल नेपाली जनसम्पर्क समिति डेनमार्कको चौथो अधिबेशनलाई सम्बोधन गर्न शुक्रबार कोपेनहेगन आईपुगेका हुन्। यस अघि पौडेललाई जनसम्पर्क समिति डेनमार्कले बिमानस्थलमा स्वागत गरेको थियो। नेपाल देखि लण्डन हुँदै कोपेनहेगन आएका पौडेल डेनमार्क पछि नेदरल्याण्डको कार्यक्रममा सहभागी हुने बताईएको छ।