काँग्रेस बरिष्ठ नेता पौडेल डेनमार्कमा


कोपेनहेगन / नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल डेनमार्क आईपुगेका छन्। नेपाली जनसम्पर्क समिति डेनमार्कको चौथो अधिबेशनलाई सम्बोधन गर्न बरिष्ट नेता पौडेल शुक्रबार कोपेनहेगन आईपुगेका हुन्। पौडेललाई जनसम्पर्क समिति डेनमार्कले बिमानस्थलमा स्वागत गरेको थियो। स्वागतका लागि समितिका अध्यक्ष नवराज आचार्य (नविन), पुर्ब अध्यक्षहरु,समितिका पदाधिकारीहरु लगायत काँग्रेसीहरु बिमानस्थल पुगेका थिए।

पौडेलको सम्मानमा डेनमार्क स्थित नेपाली दुताबासले रिसेप्सन कार्यक्रम पनि गरेको छ। कार्यक्रममा बाबुसँगै छोरा चिन्तन पौडेल पनि सहभागी छन्। शनिबार हुने समितिको चौथो अधिबेशनलाई पौडेलले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै छन्।

समितिको आगामी नेतृत्वका लागि दुई वटा समुहहरु प्यानल सहित खडा भएका छन्। एउटा प्यानलको नेतृत्व विरेन्द्र सिंह कार्कीले गरेका छन् भने अर्को शैलेन्द्र अधिकारीको नेतृत्वमा छ। कार्की यसअघि समितिको प्रवक्ता थिए भने हालको समितिका सल्लाहाकार हुन्। यस्तै अर्का अध्यक्षका प्रत्यासी अधिकारी समितिमा सल्लाहाकारको रुपमा छन् । नयाँ नेतृत्वको लागि शनिबार बिहान ८ बजे देखि साँझ ६:३० बजे सम्म मतदान हुने निर्बाचन समितिले जनाएको छ।

16681455_1842147049361568_2633199692201347920_nसन् २००५ मा  स्थापना भएको समितिका संस्थापक अध्यक्ष डोलराज पौडेल (नविन) हुन् भने सन् २००९ मा सम्पन्न पहिलो अधिबेशनबाट त्रिलोचन सापकोटा अध्यक्षमा निर्बाचित भए।  यस्तै सन् २०११ को दोस्रो अधिबेशनबाट यामलाल सुबेदी अध्यक्षमा सर्बसम्मत चुनिएका थिए । सन् २०१४ को तेस्रो अधिबेशनमा भने अलि पृथक सहमति बन्यो फलस्वरूप दुई जना अध्यक्ष बने। पहिलो बर्ष रामचन्द्र पाठक अध्यक्ष भने हाल नबराज आचार्य (नविन) अध्यक्षको रुपमा कार्यरत छन्।viber image