प्रेमदिवसमा गायिका अन्जु पन्तको कोसेली


लण्डन/ प्रेमदिवसलाई लक्षित गरेर गायिका अन्जु पन्तको नयाँ गीत, भिडियो सहित सार्वजनिक भएकोछ। “जिन्दगीको प्राप्ति तिमी” बोलको गीत भ्यालेन्टाइनको कोसेलीको रुपमा सार्बजनिक भएको हो।  “मलाई आशा छ यो मेरो प्रेमिल कोसेलीलाई श्रोता दर्शकहरुले सहर्ष स्विकार्नु हुनेछ ” गायिका पन्त भन्छिन्।

चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतले सजिएको यस गीतको छायांकन लण्डनको रमणिय स्थानमा गरिएको छ। यसको निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । जो पछिल्लो समय म्युजिक भिडियोमा आफ्नो मेकिङ्ग र अत्याधुनिक प्रबिधि प्रयोगका कारण लण्डनका नेपालीहरु माझ चर्चित छन् । गीतमा प्रस्तुति र प्रबिधिको राम्रो तालमेल देख्न सकिनेमा श्रेष्ठ बिश्वस्त छन्।

गीतकार नृपेश उप्रेतीको एल्बम आहान अर्को खुशीमा समाबेश यस गीतको म्युजिक भिडियोमा बिकेश र अनुले  रोमान्स गरेका छन्।