जनसम्पर्क समिति डेनमार्कको अधिवेशनमा दुइ प्यानल बनेर उम्मेदवारी ।


प्रकाश ढकाल
कोपनहेगन ।जनसम्पर्क समिति डेनमार्कको अधिवेशन यहि शनिबार कोपनहेगनमा हुँदै छ । अधिवेशनको लागि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेपालबाट हिंडिसकेका छन् । अधिवेशनको तयारी पनि भव्य हुँदै छ र अधिवेशन सफल पार्न हरेक तवरबाट र यसमा आवद्ध सबै सदस्यहरु लागी परेका छन् ।

अहिले कोपनहेगनको नेपाली समुदायमा जनसम्पर्कको अधिवेशनको रौनकको चर्चा चलेको छ । कांग्रेस नेता पौडेल आउने भएपछि सोहि अनुसारको तयारी पनि हुँदै छ भने धेरै सदस्य भएको युरोपकै ठुलो संस्थामा गनिने नेपाली संस्था जनसम्पर्क समिति डेनमार्कले सबै सदस्यलाई आमन्त्रण गरेकोले व्यबस्थापन पनि सोहि अनुरुप गरिएको सभापती नवराज आचार्यले बताएका छन् ।

तयारी हेर्दा अधिवेशन सफल हुने देखिएको छ । यसमा आवद्ध सदस्यहरु, वर्तमान कार्यसमिति, सल्लाहाकारहरु अनि शुभचिन्तकहरु सबै आफनो क्षेत्रबाट लागि परेका छन् ।

Screen Shot 2017-02-09 at 22.09.09

यसैगरी यो अधिवेशनमा आगामी नेतृत्वको लागि दुइ प्यानल खडा भएका छन्  ( हेनुहोस तस्वीरहरु ) । उम्मेदवारी फिर्तालिने अन्तीम दिन सम्म पनि समझदारी हुन नसकेपछि अधिवेशन निर्वाचन उन्मुख देखिएको छ । एउटा प्यानलको नेतृत्व विरेन्द्र सिंह कार्कीले गरेका छन् भने अर्को प्यानलको नेतृत्व शैलेन्द्र अधिकारीले गरेका छन् । कार्की यसअघी समितिको प्रवक्ता बनेका थिए र हाल सल्लाहाकार हुन् भने अधिकारी हाल सल्लाहाकारको रुपमा छन् ।  जनसम्पर्क समिति डेनमार्कमा मातृपार्टी नेपाली कांग्रेसको गुटगत प्रभाव हालसम्म देखिएको छैन । यो अधिवेशनमा पनि गुटगत प्रभाव नभएको धेरैको बुझाइ छ तर नेतृत्व गर्ने सवालमा व्यक्तिको मात्र टकराव देखिएको छ । किनकि दुवै प्यानलको नेतृत्व गर्नेहरु यसअघी नेपाली कांग्रेस पार्टीमा देखिए जस्तो कुनै गुटगत रुपमा खुलेर लागेका थिएनन ।

Screen Shot 2017-02-09 at 22.09.30

निर्वाचन समितिले यसअघी पटक पटक दुवै समूहलाइ राखेर समझदारीको प्रयास गरे पनि सफल हुन सकेन । निर्वाचन समिति संयोजक यामलाल सुवेदीले सबै पुर्व अध्यक्षहरु राखेर मिलाउन निकै पहल गरे पनि सबै निरर्थक बन्यो । तर सहमतीको खास प्रयास कसैले नगरेको एउटा प्यानलको नेतृत्व गरेका विरेन्द्र सिंह कार्कीले दावी गर्छन भने अर्को प्यानलको नेतृत्व गरेका शैलेन्द्र अधिकारी भने यो कुरा अस्वीकार गर्छन । पटक पटक समझदारीको प्रयास गरे पनि कार्की नमानेको उनको दावी छ । अधिकारीलाइ पुराना र संगठन हाँकेका व्यक्तीहरुको साथ् छ भने कार्कीले केहि पुराना बाहेक सम्पूर्ण नयाँ व्यक्तीहरु अगाडी सारेर नेतृत्व गरेका छन् ।