छात्राबास खोल्दै स्पेनिस चेली आईनाले जगाईन् फेरि नयाँ आशा


नयाँ छात्राबासको शुभारम्भ गर्दै स्पेनिस चेली आईना

बसन्त रानाभाट,बार्सिलोना

बौद्दिक अपांगता तथा मानसिक पक्षघात भएका बालबालिकाहरुको लागि “आशा स्कुल” खोलेर सामाजिक सेवा गर्दै आएकी स्पेनिस चेली आईन बार्काले फेरि अर्को नयाँ आशा जगाएकी छन्। दुर्गम गाउँहरुमा रहेका बौद्दिक अपांगता भएका बालबालिकाहरुलाई लक्षित गर्दै स्कुल सँगै छात्राबास समेत खोलेर नयाँ आशा जगाएकी हुन्।

हेटौडा नगर पालिका- ६ गौरीघाट मकवानपुरमा बौद्दिक अपांगता भएका बालबालिकाहरुले आशा स्कुलमा अध्ययन गरिरहेका छन्। अब वालबालिकाहरुलाई छात्राबास समेत ब्यबस्था भए पछि झनै ब्यबस्थित हुने भएको छ। दुर्गम गाउँका तथा घरमा राम्रो हेरचार हुन नसक्ने अबस्था रहेका अशक्त बालबालिकाहरुलाई छात्राबासमा राखिने हेटौडाली परिबारले जनाएको छ।

आईनाले छात्राबास सुरु गरे पछि भनिन्,” हेटौडा बजारमा रहेका बालबालिकाहरु भने स्कुल मात्र आउँछन् र आफ्नो अभिभाबकसँग नै बस्नेछन्। तर दुर्गम ठाउँमा रहेका बालबालिकाहरु जो स्कुल आउँन सक्दैनन् उनीहरुलाई लक्षित गरेर नै छात्राबास सुरु गरेका हौ। १२ जना क्षमता भएको छात्राबासमा हाल ९ जना बालबालिकाहरुले बस्न सुरु गरिसकेका छन्। 16650146_10209771659386967_61238286_nत्यसो त “आशा स्कुल” मा हाल २७ जना बौद्दिक अपांगता भएका बालबालिकाहरुले अध्ययन गरिरहेका छन्। स्कुलमा आउँन धेरै बालबालिकाहरु ईच्छुक रहेकाले नयाँ भबन बन्ने क्रममा रहेको आईनाले जानकारी दिइन्। उनले भनिन् “अब करिव ४-५ महिना भित्र नयाँ भबन पनि बनिसक्ने छ,त्यस पछि हामीले ५५ जना बालबालिकाहरुलाई पढाउँने क्षमता राख्ने छौ। आशा गरौ अव छिट्टै नै अन्य बालबालिकाहरुलाई पनि पढाउँन पाउँने छौ।” निर्माणधीन भवनमा ४ बटा कक्षाहरु सहित फिजियोथेरापीका लागि २ बटा छुट्टै कोठाहरु हुने छन् भने किचन,डाईनिङ्, शिक्षक तथा कार्यलय कक्षको छुट्टै व्यबस्था रहने छ।

हाल खोलिएको छात्राबास बारे आईनाले अझ थप प्रष्ट पारिन्,”अहिलेको छात्राबास दिर्घकालिन हैन,भाडा तिरेर संचालन गरेका हौ तर हाम्रो आफ्नै होस् भन्ने चाहान्छौ। पहिले स्कुलका लागि भवन बनाउँने काम सकियोस् त्यसपछि आफ्नै ब्यबस्थित छात्राबास कसरी बनाउँने भन्ने बारे सोच्ने छौ। ताकि दुर्गम ठाउँका अन्य धेरै बालबालिकाहरुलाई ल्याएर पढाउँन सकियोस्।”

स्कुलको निर्माणधीन नयाँ भवन
स्कुलको निर्माणधीन नयाँ भवन

केहि हप्ता अघि मात्र गैर आबासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरुले समेत स्कुलका लागि बस किन्नको लागि १३ लाख रुपैयाँ सहयोग गरेका थिए। हेटौडाली परिबारकी संस्थापक आईनाले डेनमार्कको कोपेनहेगनमा सम्पन्न युरोपेली बैठकमा आँफूले संचालन गरेको परियोजनामा स्कुल बस किन्नका लागि १३ लाख रुपैयाँ अपुग रहेको भन्दै सहयोगको अपिल गरे पछि अभियन्ताहरुले सहयोग गरेका हुन्।