अफिस संचालनलाई दिर्घकालिन बनाउँन, एनआरएन स्पेन नयाँ अभियानमा


बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले आफ्नो कार्यलयलाई दिगो रुपमा संचालन गर्नको अभियान चलाएको छ। संघले ईच्छुक ब्यक्तिहरुवाट मासिक रुपमा सहयोग शुल्क उठाएर अभियान चलाएको हो।

मासिक रुपमा कार्यालय संचालनका लागि ५ सय युरो भन्दा बढी रकम खर्च देखिए पछि संघले यसलाई दिगो रुपमा संचालन गर्न यस्तो अभियान थालेको हो। अभियान सँगै स्पेनबासी नेपालीहरुले मासिक रुपमा रकम दिने प्रतिबद्दता जनाएका छन्।

एनआरएनए स्पेनका सचिव राम प्रसाद सापकोटा (बिराज ) का अनुसार हालसम्म करिव १ सय ८२ युरो मासिक सहयोग गर्ने प्रतिबद्दता आएको छ। मासिक रुपमा नै करिव ५ सय युरोको हाराहारीमा सहयोग जुट्ने बाताबऱण तय गर्न अभियान थालिएकोले सबैलाई हातेमालो गर्न संघका अध्यक्ष मुक्त बहादुर गुरुङले अनुरोध गरेका छन्।

मासिक रुपमा सहयोग गर्ने प्रतिबद्दता गरेका सहयोगीहरुको नामावली:-

  • रोशन पाठक (म्याड्रिड) – ३० युरो
  • दावा ऋषि श्रेष्ठ:- २५ युरो
  • मुक्त बहादुर गुरुङ:-  १० युरो
  • राजु समशेर थापा:-  १० युरो
  • सुबास  थापा मगर १० युरो
  • दिपक प्रसाद कोईराला:- १० युरो
  • तुलसी गुरुङ (बिल्बाउ) – १० युरो
  • भुपेन्द्र श्रेष्ठ :- १० युरो
  • गौतम गुरुङ :- ७ युरो
  • सरला सापकोटा ५ युरो
  • दीपक खरेल ५ युरो
  • बिनिता रेग्मी खनाल :- ५ युरो
  • सन्तोषी श्रेष्ठ:-  ५ युरो
  • दिनेश गिरी :- ५ युरो
  • बिष्णु रानाभाट ५ युरो
  • उमेश प्रसाद अधिकारी:-  ५ युरो
  • राम प्रसाद सापकोटा बिराज:- ५ युरो
  • राज ढकाल:-   ५ युरो
  • तुलसी सिवाकोटी:-  ५ युरो
  • बिमला श्रेष्ठ सापकोटा :- ५ युरो