नेपाली युवा स्ट्राईकर अञ्जन विष्टलाई स्पेनमा सम्मान गरिने


बार्सिलोना/ नेपाली राष्ट्रिय फुटबल टीमका युवा स्ट्राईकर अञ्जन विष्टलाई स्पेनमा सम्मान गरिने भएको छ। स्पेन स्थित मार्बेला युनाईटेड एफसीमा प्रशिक्षणका रहेका युवा खेलाडी बिष्टलाई स्पेनको नेपाली समुदायले सम्मान गर्न लागेको हो। नेपाली जनप्रगतिशील मञ्च स्पेनले राष्ट्रिय खेलाडी बिष्टलाई फेब्रअरी १२ तारिख आईतबार बार्सिलोनामा सम्मान कार्यक्रमको आयोजना गरेको छ।

मञ्चका अध्यक्ष गंगा प्रसाद भुसालले स्पेनमा फुटबलको चासो राख्ने नेपाली युवाहरु पनि थुप्रै भएकाले बिष्ट सँग उनीहरुको अन्तरक्रिया पनि गराउँने जनाएका छन्। अर्का फुटबल खेलाडी बिमल घर्तीमगरलाई समेत आमन्त्रण गरिएको भए पनि समय अभावले आउँन नसकेको भुसालले बताए। राष्ट्रिय खेलाडीलाई स्पेन आएको बेला सम्मान गरेर हौसला प्रदान गर्ने अबसर रहेको हुँदा उपस्थिति हुन मञ्चले संघ संस्था तथा स्पेनबासी नेपालीहरुलाई अनुरोध गरेको छ।

कार्यक्रम बारे थप बिबरण :-

  • मिति:–  १२ फेब्रुअरी,आइतबार
  • समय -दिउँसो ५ बजे
  • स्थान –हिमाली रेस्टुरेन्ट,
  • calle mila I fontanals,60(metro L 4 jonic L 2-5  sagrada familia)