ल हेरौ आज प्रकाशित पत्रिकाको फ्रन्ट पेज


आज शुक्रबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुमा सरकारले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनका लागि तयारी थाल्न निर्देशन दिएको समाचारलाई प्राथमिकता दिएका छन् ।

नयाँ पत्रिका दैनिकले विद्यार्थी नेता उमेर हदका कारण स्ववियु उम्मेदवार बन्न अयोग्य भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले ‘राज्यद्रोह’ मुद्दामा सिके राउत पक्राउ परेको समाचारलाई महत्व दिएको छ ।

नागरिक दैनिकले भने आगामी बर्खाअघि चुनाव टर्दै गएको भनेर विश्लेषणात्मक समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

कान्तिपुर दैनिकले ‘स्थीरताका लागि ३ प्रतिशत थ्रेसहोल्ड’ शीर्षकको समाचारलाई फ्रन्टपेजमा समेटेको छ ।

राजधानी दैनिकले ११ वर्षपछि खिम्ती ढल्केबर प्रसारण लाइन सञ्चालनमा आएको समाचारलाई महत्व दिएको छ ।

गोरखापत्र दैनिकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विखण्डनकारी गतिविधिप्रति सरकार कडा हुने बताएको समाचार र राष्ट्रपतिबाट निर्वाचनसम्बन्धी दुईवटा विधेयक प्रमाणीकरण भएको समाचारलाई प्राथमिकता दिएको छ ।

नेपाल समाचारपत्र दैनिकले ‘सेनाको संरचना फेर्न सिफारिस’ शीर्षकको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।
5
1
2
4
3