आठ बर्ष जेल जीवन बिताएपछि सर्वोच्च अदालतबाट सफाई (छापाबाट)


कर्तव्य ज्यान मुद्दामा आठ बर्ष जेल जीवन बिताएपछि गोरखा केराबारी ३ का नारायण ढकालले सर्वोच्च अदालतबाट सफाई पाएका छन् ।
२०६६ मा १८ बर्षको उमेरमा जेल परेका उनलाई सोमबार सर्वोच्चले सफाइ दिएको हो ।

२०६७ फागुन ३० गते जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएपछि उनी पुनरावेदन पुगेका थिए ।

त्यहाँबाट पनि सोही सदर भएपछि सर्वोच्च पुगेका ढकाललाई सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र देवेन्द्रप्रसाद श्रेष्ठको इजलासले सफाइको फैसला गरेको हो ।

केराबारी ५ का तेजबहादुर रेग्मीले आफ्नी छोरीको हत्या गरेको आरोपमा ढकालमाथि कर्तव्य ज्यान मुद्दा दायर गरेको थिए ।
सत्यको जित भएको र आफूले न्याय पाएको ढकालले बताएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।