पोखराको अतिथि रिसोर्ट र पोखरा ग्रान्ड उत्कृष्ट १० होटलमा


पोखरा-पोखराको अतिथि रिसोर्ट एन्ड स्पा सञ्चालनमा आएको चार वर्षमा तीन पटक नेपालका उत्कृष्ट १० होटलमा पर्ने सफल भएको छ । विश्वभरका होटल, रेस्टुरेन्ट र पर्यटकीय गन्तव्यबारे जानकारी दिने साइट ट्रिप एडभाइजरले अतिथि रिसोर्ट एन्ड स्पालाई सय वर्ष पनि उत्कृष्ट ४ मा रोखेको छ ।

अतिथि रिसोर्ट सन् २०१४ मा छैटौं, २०१५ मा आठौ र २०१७ मा चौथो स्थानमा पर्न सफल भएको हो । रिसोर्टले मंगलबार पत्रकार सम्मेलन गरि सेवालाई अझ प्रभावकारी बनाउदै अगाडी बढ्ने बताएको छ । ग्राहकलाई साना साना कुरार र आतिथ्यतामा ध्यान दिएकाले यस वर्ष पनि उत्कृष्टमा पर्न सफल भएको रिसोर्टका माकेटिङ म्यानेजर सुरज खनालले जानकारी दिए ।

उनले रिसोर्ट ट्रिप एडभाइज सुचिमा पर्दा अनलाइनबाट बुकिङको रेसियो ३ सय गुण बढेको बताए । होटलमा ४७ वटा डिलक्स, २ वटा लग्जरी र १ वटा सुइट रुम गरि ५० रुमहरु रहेका उनले जानकारी दिए । त्यसै गरि सुइमिङ, रेष्टुरेण्ट, हल, स्पा लगाएतको सेवा लिन सकिने रिसोर्टका सञ्चालक भरत शर्माले जानकारी दिए । उनले २ सय जना क्षमताको हल थप गर्न लागेको समेत जानकारी दिए । अतिथि रिसोर्ट एन्ड स्पाका म्यानेजर किरण तुलाधर ट्रिप एडभाइजरको यो सूचीले होटलको व्यापार बढाउन समेत सघाउने बताए ।

उनले ट्रिप एडभाइजरको यो सूचीलाई विदेशी पर्यटकले निकै नै विश्वास गर्ने बताउदै विदेशीले होटलमा अनलाइन बुकिङ गर्ने बताए । उनले होटलको सेवा, सुविधा र पूर्वाधारको आधारमा यसलाई रेटिङ गरिने भएकाले निकै विश्वसनीय रहने उनको भनाई छ । सन् २०१७ का लागि ट्राभलर्स च्वाइस घोषणा गर्दा पोखरा, काठमाडौ र नगरकोटका होटल उत्कृष्ट १० भित्र परेका छन्।

हालै सार्वजनिक गरिएको घोषणामा पोखराका २, काठमाडौंका ७ र नगरकोटको १ होटल उत्कृष्ट १० भित्र परेका छन्। होटलमा बसेका विदेशी पाहुनाले दिएको सुझाव र सल्लाहको आधारमा ट्रिप एडभाइजरले बर्सेनि उत्कृष्ट होटल घोषणा गर्दै आएको छ।

नेपालका १० उत्कृष्ट होटल २०१७

१ द्वारिकाज होटल, काठमाडौं

२ होटल टिबेट इन्टरनेसनल, काठमाडौं

३ होटल साम्बला, काठमाडौं

४ अतिथि रिसोर्ट एन्ड स्पा, पोखरा

५ पोखरा ग्रान्ड, पोखरा

६ पार्क भिलेज होटल एन्ड रिसोर्ट, काठमाडौं

७ हायात रिजेन्सी, काठमाडौं

८ क्लब हिमालयन रिसोर्ट, नगरकोट

९ होटल शंकर, काठमाडौं

१० सोल्टी क्राउन प्लाजा, काठमाडौं