दीपक राज गिरीले स्पेनबाट भने,” ८० प्रतिशत फेक आईडीबाट गाली आईरहेको छ।” (भिडियो सहित )


बार्सिलोना/ चर्चित हास्य कलाकार दीपकराज गिरीले फेसबुकमा ८० प्रतिशत जतिले फेक आईडी बनाएर आँफूलाई गालि गरिरहेको बताएका छन्। सोमबार बार्सिलोनामा छक्का पन्जा चलचित्र प्रदर्शन अघि बोल्दै कलाकार गिरीले फेक आईडी प्रयोग गरेर सामाजिक संजालमा गालि गरिरहेको जिकिर गरेका हुन्।

चलचित्रका निर्माता समेत रहेका गिरीले छक्का -पञ्जा” पाईरेसी आरोप लागेका कावासोतीका २३ बर्षीय कृष्ण सुबेदीको आत्महत्या घटना प्रसङ्गबारे बोल्ने क्रममा यस्तो बताएका हुन्। उनले भने,” मेरो क्षति भयो भनेर कम्लेन गर्दा कोहि मान्छे आत्तिएर त्यो दुर्घटना हुन पुग्यो। मेरा रियल फ्यानहरुले यो बुझ्नु भएको छ। तर फेसबुकमा एकदमै बढी चलखेल भईरहेको छ, हामीलाई गाली आईरहेका छन् तर रियल फ्यानहरुले गालिको प्रतिपाद गरिरहेका छन्।”

कलाकार गिरीले घटनाले आँफू मर्माहद भएको बन्दै नेपाल पुगे पछि सुबेदीको परिवारलाई भेट्ने समेत बताएका छन्। आँफूले एक हप्ता अघि देखि धम्कि दिएको भन्ने मिथ्या भएको भन्दै प्रमाण जुटाए सजाय भोग्न तयार रहेको पनि उनले बताए। गिरीले भने,”एक हप्ता अघि देखि म युरोपमा नै थिए, कल डिटेल त हुन्छ नि विदेशबाट फोन गरेको पनि थाहा हुन्छ त्यो देखाईदिनु होस् म सजाय भोग्न तयार छु।”

पाईरेसी प्रकरण बारे बोल्दै उनले भने,” भाईहरुको जिन्दगी बर्बाद हुन्छ, युवाहरु नै हुन् एक पटक साईबरमा परे, बिदेश पनि जान पाउँदैनन् भन्दै अलि सचेत बनाएर छोडीदियौ तर म ताक्छु मुडो ,मुडो ताक्छ घुडो भने जस्तै भयो।” नेपालमा नाम कमाउनु भनेको अभिशाप जस्तै हो, सेतो लुगामा नचाहेर पनि दाग देखिन्छ गिरीले गुनासो पोखे।

घटना पछि  मुड नभए पनि आफ्नो जिम्मेबारी निभाउन कार्यक्रम गरेको पनि उनले सुनाए। “ ठुलो भूकम्प गयो हजारौ मान्छेहरुले ज्यान गुमाए, केहि दिन पिडामै बस्यौ तर एक हप्ता बित्दा नबित्दै फेरि हास्न थाल्यौ, नाच्न थाल्यौ। हामीले चाँडै नै पिडालाई बिर्सन सक्छौ।” गिरीले भने।

तर मृतकका परिवारले मृत्युबारे आंशका ब्यक्त गर्दै छानबिनको माग गरिरहेको बेला कार्यक्रमहरु भएको भन्दै केहिले आलोचना गरेका छन्। घटना लगत्तै दीपक दीपाको उपस्थितिमा नै शनिवार,आईतबार र सोमबार बेल्जियम र स्पेनमा गरी तिन ठाउँमा चलचित्र प्रदर्शन भए। कार्यक्रमहरु स्थगित गर्दै कलाकारहरु नेपाल पुगेर मृतकका परिवारलाई भेटेको भए राम्रो हुने कतिपयको सुझाव थियो। बार्सिलोनामा सम्पन्न कार्यक्रममा कलाकार दीपक राज गिरी र दीपाश्री निरौलाले राम विलास र धनिया बन्दै हास्य प्रस्तुती समेत राखेका थिए। कलाकार द्वय यसै साता नेपाल फर्कने बताईएको छ।

भिडियो हेर्नुहोस्