सरसर्ती संसारको लोकार्पण जर्मनीमा पनि सम्पन्न


बार्सिलोना/ गैर आवासीय नेपाली संघका प्रमूख संरक्षक तथा पुर्व अध्यक्ष जीवा लामिछाने द्वारा लिखित सरसर्ती संसार जर्मनीमा पनि लोकार्पण भएको छ। पछिल्लो समयमा लामिछानेको कर्मथलो बनेको फ्रयांकफर्टमा आईतबार एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो। काठमाडौ,तान्जानिया,मस्को र लन्डन पछि जर्मनीमा गरिएको यो पाँचौ लोकार्पण कार्यक्रम हो।

जर्मनीका लागी नेपाली अवैतानिक वाणिज्य दूत तथा गैरआवासीय नेपाली संघका संस्थापक अभियन्ता राम प्रताप थापाले कृतिको बिमोचन गरे। कार्यक्रममा बोल्दै थापाले जुन देशमा पुगे पनि नेपालसँग  तुलना गर्दै लेखकले आफ्नो देश लाई समृद्ध बनाउने चाहना पुस्तकमा भेटिएको बताए। कृतिमा देश भक्ती भावना झल्कीएको बताउँदै थापाले साहित्यिक यात्राको निरन्तरताका लागि कामाना समेत गरे।

कार्यक्रममा बोल्दै नियात्राकार लामिछानेले पुस्तकमा आँफुले सरसर्ती यात्राको क्रममा बिभिन्न देशहरूमा पुगेर सरसर्ती गरिएको टिपोट लाई लिपिबद्ध गरिएको हुँदा कृतिको नाम नै “सरसर्ती संसार” राखिएको बताए। पारीवारिक,ब्यबसायिक भ्रमण तथा गैर आवासीय नेपाली संघको अभियानको क्रममा गरिएका यात्रालाई केन्द्रीत गरेर पुस्तक तयार गरिएको पनि उनले स्पष्ट पारे। बिमोचन कार्यक्रममा जर्मनी स्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु उपस्थिति भई नियात्राकार लामिछानेलाई शुभकामाना ब्यक्त गरेका थिए।

सर्जक लामिछाने द्वारा हस्ताक्षर गरिएको पुस्तक बिक्रि बाट प्राप्त रकम के .पी. किरण द्वारा संचालीत चेपांग केन्द्र लाई सहयोग गरिने भएको रामजीवी पन्थले जानकारी दिए। पछिल्लो क्रममा गैर आबासीय नेपालीहरु बीच “सरसर्ती संसार” निकै लोकप्रिय बनेको छ।