युवा फुटबलर बिमल घर्ती मगर स्पेन आउँदै


युरोपमा अवसरको खोजी गरिरहेका युवा फुटबलर बिमल घर्ती मगर स्पेन आउँने भएका छन् । एजेन्ट लुइसको पहलमा एकेडेमी क्लब मार्वेला युनाइटेडमा ट्रायल दिन घर्ती मगर स्पेन आउँन लागेका हुन् उनी सोमबार बेल्जियम आउँदै छ्न् त्यहाँबाट नै स्पेन आउँने बताईएको छ ।

पछिल्लो दुई बर्षदेखि बेल्जियम, नेदरल्याण्ड्सका क्लबहरुमा ट्रायल दिएरहेका उनलाई यसपटक ठुलो मौका मिलेको छ । ‘यसअघि एण्डरलेच्ट, रेसिङ गेकमा ट्रायल दिएँ, तर अण्डर सिक्स्टिन, नाइन्टिन, साफ, साग जस्ता प्रतियोगिताहरु लगातार परेपछि यता समय दिन सकेनन् ।

मार्वेला त्यही क्लब हो, जहाँ नेपाली खेलाडीहरु अञ्जन विष्ट र अनन्त तामाङले गत बर्ष ट्रायल तथा प्रशिक्षण गरेका थिए ।अञ्जन ट्रायलका लागि अहिले स्पेनमै छन् ।

ट्रायल दुई महिनाको हुनेछ । बिमल अहिले १९ बर्षका भए । युरोपेली फुटबलको नियम अनुसार उनले कुनै क्लवमा आवद्धताका लागि प्रयास गर्ने समय अब एक बर्षमात्र बाँकी छ ।