स्पेनबाट युवाहरुले गरे लक्ष्मी परियारका बालबच्चालाई आर्थिक सहयोग


बार्सिलोना/ देशमा घटेका ठुला प्राकृतिक प्रकोपहरु हुन् वा सामाजिक घटनाक्रम,स्पेनबासी नेपाली समुदायले आर्थिक वा कुनै न कुनै रुपमा सहयोग गर्दै आएका छन्। पछिल्लो क्रममा बोक्सीको आरोपमा चरम दुर्ब्यबार र कुटपिट पछि मृत भेटिएकी काभ्रेकी ३२ बर्षीया लक्ष्मी परियारका बालबच्चाहरुलाई पनि स्पेनबासी नेपालीहरुले सहयोग गरेका हुन्।

यस्ता घटनाहरुले राजनितिक,सामाजिक,जातीय,क्षेत्रीय संघ संस्थाहरुलाई मात्र हैन स्पेनमा रहेका युवाहरुलाई पनि मन छोएको छ, त्यसैले परियारको सहयोगार्थ युवाहरुले रकम संकलनको अभियान थाले। युवाहरुले क्रिसमस तथा अग्रेजी नयाँ बर्षको अबसरमा च्यारिटी डिनरको आयोजना मात्र गरेनन् ,लक्ष्मीका बालबच्चाहरुको लागि आर्थिक सहयोग पनि जुटाए। फलस्वरूप १ लाख २५ हजार रुपैयाँ संकलन गरेर पिडित परिवारलाई हस्तान्तरण गर्न युवाहरु सफल भएका छन्। यसरी सामान्य फुटबल खेल खेल्दा नामाकरण भएको माउन्ट एभरेष्ट युथ समुह हाल भने सामाजिक डोरीले बाधिएको छ।

आँफुहरुले जुटाएको रकम हस्तान्तरणका लागि माउन्ट एभरेष्ट युथ समुहले स्पेन निबासी दिनेश राज रेग्मीलाई जिम्मेबारी दिएका थिए। यसैबीच रेग्मीले नेपाल पुगे लगत्तै आईतबार धुलिखेलमा एक कार्यक्रमको आयोजना गरी आर्थिक रकम परिवारलाई हस्तान्तरण गरेका छन्। लक्ष्मीका छोराहरु सागर,सुमन र सुशीलको संयुक्त नाममा धुलिखेलस्थित राष्ट्रिय बाणिज्य बैकको खातामा रकम राखिएको माउन्ट एभरेष्ट समुहका एक सदस्य सुरेश शर्माले जानकारी दिए।

रकम हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा सहभागी थिए। बालबालिका पालनपोषण तथा शिक्षा दीक्षामा रकमको सदुपयोग हुनेमा समुह बिश्वस्त रहेको छ। समुहका सदस्य शर्माले भने,” यो सबैको प्रयासले नै सम्भव भएको हो, सोचे अनुरुप रकमलाई सही ढंगले बुझाएका छौ,यसले थप सामाजिक काममा लाग्न हामी युवाहरुलाई हौसला मिलेको छ।”

च्यारेटी डिनरका केहि झलकहरु :-

15732060_131255444037795_6935881371564207192_o 15676573_131256177371055_6574619515687968438_o 15732200_131258307370842_1872395152358737013_o 15723769_131255734037766_6494029607029497626_o