ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


आइतबार काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रपत्रिकाहरुले फेरि अवैध सुन बरामद भएको र सुन तस्करीको सञ्जालबारेका समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

यसबाहेक, नयाँ पत्रिका दैनिकले प्रधानमन्त्री युएइबाट फर्किएपछि मन्त्रिपरिषद् विस्तार हुने समाचारलाई प्राथमिकता दिएर प्रकाशित गरेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले कानुनमन्त्री अजयशंकर नायकले उच्च अदालतका लागि सिफारिस गरिएका न्यायाधीशहरु फिर्ता नहुने बताएको र ढुवानी समस्याले आयोजनाहरु निर्माणमा ढिलाइ भएको समाचारलाई महत्व दिएको छ ।

राजधानी दैनिकले निर्वाचन घोषणा धकेलिँदै गएको र शनिबार वर्षकै चिसो दिन भएको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

नागरिक दैनिकले काठमाडौंको वायु प्रदूषण न्यूनीकरण गर्ने सरोकारवाला निकायले समन्वय नगरेको र आर्थिक अनियमितताको अरोप लागेपछि रेडक्रसमाथि छानबिन भइरहेको सम्बन्धी समाचारलाई महत्वका साथ छापेको छ ।

कान्तिपुर दैनिकले बजार ४ खर्बमा खुम्चिएको र राष्ट्रपति कार्यालयमा बिहेको चटारो बढेको समाचारलाई प्राथमिकता दिएको छ ।

गोरखापत्र दैनिकले भूकम्पपछिको पुनर्निर्माणमा चुस्त थालनी, सुस्त प्रगति भएको, प्रधानमन्त्री युएइ प्रस्थान गरेको र बाँके राष्ट्रिय निकुञ्ज बाघका लगि सुरक्षित वासस्थन भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।
२
३
४
५
६