स्पेनिस फुटबलमा रियल म्याड्रिडले बनायो नयाँ रेकर्ड,४० खेल अपराजित


बार्सिलोना/ स्पेनिस फुटबलमा रियल म्याड्रिड क्लबले नयाँ रेकर्ड बनाएको छ।रियल म्याड्रिड फुटबल क्लबले लगातार ४० खेल सम्म अपराजित यात्रा कायम गरे पछि स्पेनिस फुटबलको ईतिहासमा नै यो नयाँ रेकर्ड बनेको हो। यस अघि रियलले ३९ खेलसम्म अपराजित बन्दै चिरप्रतिद्वन्द्वी बार्सिलोना क्लबको रेकर्डलाई बराबरी गरेको थियो। तर बिहिबार कोपा डे रेमा रियलले सिभिल्लासँगको ३-३ गोलको बराबरी गरे पछि स्पेनिस फुटबलमा नयाँ रेकर्ड बनेको हो।

कोपा डे रेको अन्तिम १६ को खेल अन्तर्गत पहिलो लेगमा ३-० ले सिभिल्लालाई सहज जित हात पारे पछि  रियललाई क्वाटर फाईनलमा प्रबेश गर्न सहज भएता पनि दोस्रो लेगमा भने हम्मे हम्मे परेको थियो। ३-१ ले सेभिल्लासँग पछि परेको रियलका लागि कप्तान सर्जियो रामोस र करिम बेन्जिमाले अन्तिम मिनेटमा गोल गर्दै बचाए। अन्तत खेल ३-३ को बराबरीमा गोलमा टुंगिए पछि रियलले रेकर्ड बनाउँन सफल भयो।  बेन्जिमाको गोल सँगै रियलले आफ्नो रेकर्ड यात्रालाई कायम गर्न सफल भएको छ।

रियल म्याड्रिडका मेनेजर जिनेदिन जिदानले फिफा बर्ष खेलाडी क्रिस्टियानो रोनाल्डो,क्रोसियन मिड फिल्डर लुका मोड्रीज लगायतका स्टार खेलाडीलाई आराम दिएका थिए।