नेपालमा उल्लेख्य पर्यटक भित्राउने युरोपबाट पर्यटन दूतहरुको सामूहिक प्रतिवद्धता


द्रोण रिजाल्, नेदरल्यान्डस्   

युरोपमा रहेका नेपाल पर्यटन बोर्डका मानार्थ पर्यटन दूतहरुले नेपालमा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउने र अर्थतन्त्रलाई टेवा पुर्याउने बिषयमा सामूहिक प्रतिवद्धता जाहेर गरेका छन् । बेनेलक्सका लागि नेपाली राजदूत लोक बहादुर थापाको प्रमुख आतिथ्यमा नेदरल्यान्ड्सको उत्रेख्तमा बुधबार एक कार्यक्रम बीच यस्तो प्रतिबद्दता जाहेर गरेका हुन्।

मानार्थ पर्यटन प्रतिनिधिहरूको यूरोप बैठकमा नेपालमा पर्यटन भित्र्याउन भएका विद्यमान नीति, ब्यबस्था र कार्यहरु र आगामी दिनमा युरोपमा रहेका प्रतिनिधिहरुले गर्नुपर्ने कार्य र खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भएको थियो। नेपाल पर्यटन बोर्डको प्रतिनिधि सुनील शर्मा समेतको उपस्थितिमा भएको उक्त बैठकमा नेपालमा युरोपबाट भित्रिने पर्यटकको संख्यामा अभिबृद्धि गर्न  थप आकर्षक र योजनावद्ध कार्यक्रमहरु अघि बढाउनुपर्ने विषयमा छलफलहरु भएको बताइएको छ।unnamed-18सन् २०१७ को लागि तय गरिएको नेपाली भ्रमण वर्ष २०१७ यूरोप कार्यक्रम र सन् २०१८ मा आयोजना गरिने नेपाल भ्रमण वर्षलाई समेत मध्येनजर गर्दै युरोपका विभिन्न देशबाट बैठकमा सहभागी हुनुभएका पर्यटन प्रतिनिधिहरुले आफ्ना योजना र कार्यक्रमहरु बैठकमा राखेको र उक्त योजना र कार्यक्रमहरुमाथि सामूहिक छलफल पश्चात यूरोपबाट नेपालमा भित्रिने पर्यटकको संख्यामा बृद्धि गर्न सशक्त र योजनावद्ध ढंगले पहल गर्ने निष्कर्ष निकालिएको  नेदरल्याण्डका लागि पर्यटन प्रतिनिधि द्वय  शशि पौडेल र पुष्प बरुवालले जानकारी गराए ।unnamed-19नेदरल्याण्डको उत्रेख्तमा भैरहेको नेपाल ब्यापार मेलामा नेपालको उपस्थिति अवसर पारेर आयोजना गरिएको उक्त बैठकमा नेपाली राजदूतावासका तर्फबाट बेनेलक्सका लागि नेपाली राजदूत लोक बहादुर थापाले आफ्नो धारणा राखेका थिए भने मिनिस्ट्री अफ कॉन्सुलर घनश्याम भण्डारी, नेपाल पर्यटन बोर्डका तर्फबाट सुनील शर्मा,  रसियाबाट सपिला राजभण्डारी,  बेलायतबाट पशुपति भण्डारी, बेल्जियमबाट रबीन्द्रमान प्रधान र शिव बरुवाल, फ्रान्सबाट हेमन्त उपाध्याय र भक्त वाग्ले,  नेदरल्यान्डसबाट शशि पौडेल र पुष्प बरुवाल, स्विजरल्याण्डबाट कमल भट्ट, आयरल्याण्डबाट दीपेश शाक्य, डेनमार्कबाट सोम सापकोटा लगायतका प्रतिनिधिहरुले आफ्ना योजनाहरु प्रस्तुत गरेका थिए।

नेपालमा पर्यटन प्रवर्द्धन लागि महत्वपूर्ण हुने यस सेमीनारको पूर्ण सफलताको लागि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदी र डेनमार्कका लागि कार्यबहाक राजदूत रामकाजी खडकाको समेत शुभकामना रहेको थियो।

unnamed-21unnamed-20unnamed-17