‘६क्का पन्जा’ प्रदर्शन गर्न दीपक दीपा युरोप हुँदा,फिल्म फेसबुकबाट बाहिरियो


नेपाली चलचित्र ‘छक्का पञ्जा’युरोपका केहि देशहरुमा प्रदर्शनको क्रममा रहँदै गर्दा फेसबुकबाट बाहिरिएको छ। चलचित्रको पाइरेसीमा परेको निर्माण टिमले जनाएको हो। चलचित्र लिएर चलचित्र निर्माता दीपकराज गिरी र फिल्मकी निर्देशक दीपाश्री निरौला युरोप यात्रामा नै रहँदै गर्दा चलचित्र फेसबुकबाट बाहिरिएको छ। फेसबुकमा स्टाटस लेख्दै फिल्मका निर्माता एवम् कलाकार दीपक राज गिरीले यसको पुष्टि गरेका हुन्।

गिरीले फिल्मको स्टाटस लिकं फेसबुकमा सेयर गर्नेहरु पनि अपराधमा जोडिन सक्ने भन्दै त्यस्तो नगर्न आग्रह गरेका छन्। फेसबुकमा अर्जुनकुमार श्रेष्ठ नामको अकाउण्टबाट फिल्म अपलोड भएको छ । स्टाटसमा गिरीले भ्रमण छोट्याउँदै नेपाल आउन लागेको बताएका छन्। फिल्मको डिजिटल अधिकार हाईलाईट्स नेपालले किनेको थियो। दीपकले फिल्म भोलि नै युट्युबमा सार्वजनिक हुनसक्ने आफ्नो स्टाटसमा उल्लेख गरेका छन्। उनले लेखेका छन् ,”छक्का पन्जा पाइरेसीको चपेटामा परेको छ, फिल्म लिएर यूरोप आएका हामी भ्रमण छोट्याउदै छौ। थुप्रै ठॉउमा चलचित्र प्रदर्शन गर्न बॉकि नै रहेको थियो। केही  ब्यक्तिहरू प्रहरीको फन्दामा पनि छन्।

15894943_10154476451294531_5400009107815123612_n

चलचित्र वा अन्य सृजनात्मक कृतिहरू अरूको सम्पत्ति हो। यो प्राप्त भए पनि फेसबुकमा सेयर गर्नु अपराध हो भन्ने कुरा नबुझ्नेहरु समस्यामा पर्न सक्छन्। सम्भवत: भोलि सम्ममा आधिकारिक रूपमै यूटुबमा हेर्न पाउनु हुनेछ। त्यसैले आधिकारिक रूपमै हेर्नु होला चलचित्र प्राप्त भए पनि शेयर गर्न बाट बच्नु हुन अनुरोध गर्दछु।”