एनआरएन लाप्राक बस्ती निर्माण बारे प्रगती बिबरण (रिपोर्ट)


गत महिना नेपाल सरकारबाट भूकम्प पिडितहरुको लागि लाप्राकको गुप्सी पाखामा करीव ५७३ वटा आवास गृह निर्माण गर्नको लागि स्वीकृत प्रदान गरेपछि गैरआवासीय नेपाली संघले गुप्सी पाखामा परियोजना कार्यालय निर्माण गरी भवन निर्माण सम्बन्धि आवश्यक कार्यहरु संचालन गरिरहेको छ। स्वंयम सेवकको लागि बस्न योग्य अत्यावश्यक सुविधाहरुको बन्दोबस्त भएपछि गैरआवासीय नेपाली संघले विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई स्वयंमसेवकको रुपमा यही २०१७ फेबुअरी देखी अक्टोवर सम्म परिचालन गराउने छ ।

स्वंयमसेवकका लागि दर्ता प्रक्रिया सबैका लागि खुला गरिन्छ । सबै गैरआवासीय नेपाली साथीहरुलाई सन् २०१७ मा नेपाल घुम्न आउन प्रोत्साहित गरिन्छ र साथै आफ्नो केही समय गोरखा जिल्ला अवस्थित लाप्राक नमुना वस्ती पुनर्निर्माण परियोजनामा स्वयंमसेवकका रुपमा आफ्नो नाम दर्ता गराउन अनुरोध गरिन्छ ।unnamed-3गैरआवासीय नेपाली संघले सबैलाई स्वंमसेवक दर्ता प्रक्रिया तयार भएपछि इमेल मार्फत विस्तृत सूचना सहित जानकारी गराईन्छ । यस क्रममा यदी कसैलाई स्वयंमसेवक नाम दर्ता गराउने प्रक्रिया बारे जान्न चाहेमा कृपया निम्न लिखित व्यक्तिहरुलाई इमेल मार्पmत सम्पर्क गर्नका लागि पनि जानकारी गराईन्छ ।

सम्पर्क व्यक्तिहरु ः

राजेश शम्शेर राणा,
कार्यकारी निर्देशक,
गैरआवासीय नेपाली संघ, ed@nrn.org.np

दिपा राई,
समाज सेवा संयोजक,
गैरआवासीय नेपाली संघ , drai75@gmail.com.

यसै सन्दर्भमा संघका अध्यक्ष घलेले परियोजना कार्यालय स्थापनाका लागि आँफू  स्वयं त्यहां जानु भएको थियो । यस क्रममा उहांले गत् २३ डिसेम्बर देखी ३१ डिसेम्बर र ६ जनवरी २०१७ देखी ९ सम्म लाप्राकको गुप्सी पाखामा भ्रमण गर्नु भयो ।

हाल गुप्सी पाखामा निर्माण कार्यलाई चाहिने आवासगृह, पानी टंकी, चीनबाट ल्याईएको ईटा छाप्ने मेशिन, डोजर, सोलार र अन्य परियोजनालाई चाहिने आवश्यक सामग्रीहरु काठमाडौंबाट ढुवानी भई पुगिसकेको छ । यसैगरी स्वंयम सेवकहरुको खाना तथा बस्ने व्यवस्थाको लागि आवासगृह र किचेनको लागि चाहिने सामग्रीहरुको प्रबन्ध भईरहेको छ । हाल त्यहां माटो सम्याउने काम भईरहेको छ । भर्खरै नेपाल सरकारले विजुलीको सुविधा उपलब्ध गराएको छ ।

संघका अध्यक्ष डा. शेष घलेको नेतृत्वमा गएका भ्रमण टोलिका सदस्यहरु अमेरिका क्षेत्रीय संयोजक सोनाम लामा, आइसिसि सदस्य जमुना गुरुङ, आईसिसि सदस्य एसि शेर्पा, संघका सल्लाहकार टि.वि कार्की, वैदेशिक रोजगार राहत कोष कार्यदलका सहसंयोजक श्याम तामांग, गोर्खा च्यानलका प्रमुख सम्पादक तथा युकेका गैरआवासीय नेपाली राजेन्द्र भट्ट र अन्य मुलुका गैरआवासीय नेपालीहरुको टिमले लाप्राक नमूना वस्तीको निर्माण कार्यमा अत्यन्त चिसो मौसम भएको कष्टकर समयमा पनि स्वंसेवको रुपमा कार्यहरु गरिरहनु भएको छ । अहिले त्यहांको मौसम अत्यन्त चिसो छ ।unnamed-4यसैगरी ल्होछार पर्वको अवसमा त्यही रहनु भएका अध्यक्ष सहित अन्य सदस्यहरुले त्यही नै त्यहांका समुदायसंग भेटघाट गरी  ल्होछार पर्व मनाउनुका साथै निर्माण कार्यमा लाभग्राहीहरुको सहभागीता र सहकार्यका बारेमा छलफल तथा परामर्श गर्नु भएको थियो । पटक पटक भ्रमणमा गएका टोलिका अध्यक्ष सहित सबै सदस्यहरु काठमाण्डौ फर्कनु भएको छ । भविष्यमा नै अध्यक्ष लगायतका टोलि त्यहा जाने योजना रहेको छ ।

संघका अध्यक्ष त्यहांबाट फर्के पछि त्यहांको अवस्था बारे जानकारी गराउने नेपालका सरकारका उच्च स्तरिय प्रतिनिधिहरुसंग भेटघाट गर्दै हुनुहुन्छ ।

रन्जु थापा वाग्ले
प्रवक्ता,
अन्तर्राष्ट्रिय समन्वय परिषद्
गैरआवासीय नेपाली संघ ।
मिति ः २०७३ साल पौष २८