ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


आज काठमाडौंबाट प्रकाशित प्रायः दैनिक पत्रिकाहरुले पुर्निर्माण प्राधिकरणको सिइओबाट सुशील ज्ञवाली बर्खास्त भएको र नयाँ सिइओमा डा. गोविन्दराज पोखरेल नियुक्त भएको समाचारलाई फ्रन्टपेजमा छापेका छन् ।

यससँगै, नयाँ पत्रिका दैनिकले राप्रपा र फोरम लोकतान्त्रिकलाई पनि सरकारमा समेट्ने तयारी गरेको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले पृथ्वी जयन्तीमा पृथ्वीनारायण शाहप्रति नागरिकको आश्था बढेको विषयमा मुख्य समाचार छापेको छ ।

राजधानी दैनिकले निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने तयारी गरेको र जेलबाट छुटेदै लुटपाट गर्नेहरु बारेको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

गोरखापत्र दैनिकले शीर्ष नेताद्वारा राष्ट्रिय एकातामा जोड दिएको र जलवायु परिवर्तनसँगै हिउँ चितुवा संकटमा परेको समाचारलाई महत्व दिएको छ ।

नेपाल समाचारपत्र दैनिकले भारतीय बाबा रामदेव र एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले कालोधन चोख्याउन गरेको रणनीतिसम्बन्धी समाचारलाई मुख्य समाचार बनाएको छ ।

कान्तिपुर दैनिकले बाफियामा गोप्य चलखेल भएको र स्थानीय तहको प्रतिवेदनप्रति मधेशी मोर्चाले असन्तुष्टि व्यक्त गरेको समाचारलाई महत्वका साथ छापेको छ ।

नागरिक दैनिकले दुर्गमका लागि पठाएको औषधि बाटोमै हराउने गरेको र राजधानीमा बढेको प्रदूषणप्रति सरकार गम्भीर नभएको सम्बन्धी समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।
7
6
5
4
3
2
1