रोनाल्डोले घरेलु दर्शकलाई देखाए बेलोन डि’ओर


रियल मड्रिडका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले घरेलु दर्शकबीच आँफुले जितेको बेलोन डि’ओरको अवार्ड प्रदर्शन गरेका छन्। शनिबार घरेलु मैदानमा गर्नाडासँग खेल खेल्नु अघि रोनाल्डोले अवार्ड दर्शक माँझ प्रस्तुत गरेका हुन्।लियोनल मेस्सी र एन्टोइन ग्रिजम्यानलाई पछि पार्दै रोनाल्डोले बेलोन डि’ओर अवार्ड चौथो पटक हासिल गर्न सफल भएका हुन् ।

बिशेष समारोहमा पुर्ब रियल म्याड्रिडका खेलाडीहरु लुईस फिगो र ब्राजिलका रोनाल्डो समेत सहभागी भएका थिए। मैदानमा क्रिष्टियानो रोनाल्डोले जितेका चार बटा नै बेलोन डि’ओर राखिएको थियो।

सन् २०१६ को बेलोन डि’ओर जीतेका रोनाल्डोको गत सिजन निकै उत्कृष्ट थियो । उनैको प्रेरणामा पोर्चुगलले पहिलो पटक युरोकप फुटबलको उपाधि जितेको थियो भने रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि पनि दिलाएका थिए । यसअघि उनले सन् २००९, २०१३ र २०१४ मा उनले बेलोन डि’ओरको उपाधि जितेका थिए ।

फ्रान्सेली फुटबल संघसँगको सहकार्य फिफाले रद्ध गरेपछि यो अवार्ड फ्रान्स फुटबल एशोसियसनले मात्रै आयोजना गरेको थियो। यसैबिच सोमबार फिफाले पनि फिफा वल्ड पेल्यर अफ दि ईयर अबार्ड प्रदान गर्दै छ।यो अवार्डका प्रमुख दाबेदारको रुपमा पनि रोनाल्डोलाई नै हेरिएको छ।