रियल मड्रिड ३९ खेल सम्म अपराजित, बार्सिलोनाको रेकर्डसँग बराबरी


रियल मड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनाको रेकर्डसँग बराबरी गरेको छ।३९ खेलमा अपराजित रहँदै बार्सिलोनाले बनाएको रेकर्डसँग रियलले बराबरी गरेको हो। ला लिगा फुटबलमा शनिबार भएको खेलमा म्याड्रिडले गर्नाडामाथि ५ -० सहज जित हात पारे पछि रेकर्डलाई बराबरी गर्न सफल भएको छ।

घरेलु मैदानमा भएको खेलमा रियलका लागि इस्कोले २ गोल गरे भने क्रिष्टियानो रोनाल्डो, करिम बेन्जिमा र कासेमेरोले समान १-१ गोल गरेका थिए। जितसँगै रियलले ला लिगाको शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ ।दोस्रो स्थानमा रहेको बार्सिलोनाले आइतबार चौँथो स्थानमा रहेको भिल्लेरियालको सामना गर्नेछ ।