“छक्का पन्जा” लिएर दीपक दीपा युरोपमा


बार्सिलोना/ हास्यकलाकार जोडी दीपक राज गिरी र दीपाश्री निरौला युरोप यात्राको क्रममा बेल्जियम आईपुगेका छन्। आफ्नो बहुचर्चित चलचित्र “छक्का पन्जा” युरोपका नेपाली दर्शकहरु माँझ लिएर कलाकार जोडी बेल्जियम आईपुगेका हुन्। चलचित्रसँगै हास्यजोडीले युरोपका बिभिन्न देशहरुमा आफ्नो प्रस्तुति समेत राख्ने भएका छन्।

नेपालमा दर्शकहरुको अपार माया पाएर रेकर्ड नै रेकर्ड बनाएको चलचित्र युरोपमा रहेका नेपालीहरुको लागि पनि लिएर आएको बताउँदै चलचित्र हेरिदिन उनिहरुले अनुरोध गरेका छन्। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद महिला उप- संयोजक रजनी प्रधानले बिभिन्न देशका लागि कार्यक्रमहरु संयोजन गरेकी हुन् । प्रधानका अनुसार “छक्का पन्जा” चलचित्रको पहिलो सो आईतबार बेल्जियमको लुभेन शहरबाट सुरु हुनेछ।

टिकट बिक्रीको केहि रकम गैर आबासीय नेपाली संघ महिला फोरमले संचालन गरेको कार्यक्रमका लागि पनि खर्च हुने भएको छ। गत बर्ष पनि उनकै संयोजनमा महजोडी मदन कृष्ण श्रेष्ठ, हरीबंश आचार्य लगायत कलाकारहरुको दुई महिने लामो महजात्रा सम्पन्न भएको थियो।