रुसी राष्ट्रपति ‘पुटिनकै निर्देशनमा इमेल ह्याकिङ’


अमेरिकी गुप्तचर प्रमुखले रुसी साइबर हमलाहरुले अमेरिकालाई खतरा उत्पन्न गराएको भन्दै कडा चेतावनी दिएका छन्। अमेरिकी माथिल्लो सदन सिनेटको एउटा सुनुवाइमा बोल्दै राष्ट्रिय गुप्तचर निर्देशक जेम्स क्ल्यापरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकै निर्देशनमा डेमोक्र्याटिक पार्टीका इमेलहरुको विवरण चोरिएको अर्थात ह्याक गरिएको बताए।

हालैको अमेरिकी चुनावमा रुसले गरिएको भनिएको हस्तक्षेप हालसम्म चालिएका त्यस्ता कदममध्ये सबैभन्दा ठूलो भएको बताए। तर उनले उक्त कदम ‘युद्ध सरह’ भएको टिप्पणी चाहिं गरेनन्।

उनले भने, “अर्को हप्ताको सुरुवातमा संसदलाई जानकारी गराउनुका साथै प्रतिवेदनको सार्वजनिक गर्न मिल्ने विवरणहरु हामी बाहिर ल्याउँछौं। यसमा अपनाइएका स्रोत र विधिको संवेदनशीलताका कारण त्यसो गर्न लागिएको हो”।

रुस ह्याकिङमा संलग्न भएको भन्ने विवरण ट्रम्पले अस्वीकार गर्दै आएका छन्रुसले भने ह्याकिङमा आफू संलग्न रहेको भन्ने आरोप खण्डन गर्दै आएको छ।तथापि अमेरिकाले रुसीअधिकारीहरुमाथि प्रतिवन्धहरु घोषणा गरेको छ

क्ल्यापरले शुक्रबारै ह्याकिङसंग सम्बन्धित भनिएका विवरणहरु राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पलाई बुझाउने बताइएको छ।
ट्रम्पले मस्को संलग्न रहेको भन्ने विवरणहरुप्रति शंका व्यक्त गर्दै आएका छन् भनी बीबीसी समाचारमा उल्लेख छ ।