निर्मल पोखरीका ४७ घरधुरी नेपाली काङग्रेसमा प्रवेश


पोखरा । नेपाली काँग्रेस पोउमनपा–२३, निर्मल पोखरी ईकाइको आयोजनामा शुक्रबार आयोजित कार्यकर्ता भेटघाटको अवसरमा ४७ घरधुरीका एक सय २३ जना नेपाली काङग्रेसमा प्रवेश गरेका छन् ।

विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रबेश गरेका उनिहरुलाई पार्टीको सदस्यता प्रदान गर्दै सांसद बृन्द्रादेवी रानाले कास्कीको क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको संगठन बलियो नहुँदा बिकास निर्माणको हालत नाजुक रहेको जानकारी दिईन् । यस क्षेत्रको हरेक बिकास निर्माणको काममा आफुले सहयोग गरेको बताईन् । उनले यस क्षेत्रमा आफुले काम गरेको तर अरुले नाम कमाएको बताईन् । कार्यकर्ताहरुलाई आफ्नो क्षेत्रमा अरुले धेरै चलखेल गरेकाले ध्यान दिएर काम गर्न आग्रह गरेकी छन ।

सो अवसरमा स्थानिय ठुलीस्वाँरा निवासी नरबहादुर रानामगर, भिमबहादुर रानामगर र बलबहादुर आलेमगरको नेतृत्वमा बसन्ती थापामगर, धनबहादुर मास्की मगर, सावित्री रानामगर, अशोक परियार, पुर्णीमाया मास्कि मगर, सेतिमाया आलेमगर, लक्ष्मी आलेमगर, ललिता आलेमगरलगायत नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

सो अवसरमा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, महाधिवेशन प्रतिनिधि नरेश शंकर पालिखे, बिरेन्द्र बिजुक्छे, केशर निर्दोशी, जिल्ला सदस्य रंगिला आचार्य, नगर सभापति बजिरमान श्रेष्ठ, क्षेत्र नं ३ का सभापति बिजय आचार्य, निर्मल पोखरीका क्षेत्रीय प्रतिनिधी रधु पराजुली, सचिब दिपेन्द्र मरासिनी लगाएतले पार्टीमा नवप्रवेशीले काँग्रेसको कार्य मुल्यांकन गरेको वताउँदै विकास निर्माणका काममा जनताको सहभागिता र चासो नै प्रमुख हुने गरेको वताए।

पोखरा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बिन्दुकुमार थापाले यस ठाउँमा होमस्टे संचालन गरेर पर्यटकिय क्षेत्र बनाउन सकिने र साथै ठुला उद्योग संचालनको लागि उद्योगी व्यवसायीको तर्फबाट आफुले सुरु गर्ने वताए ।

पोखरा २३ ईकाइ अध्यक्ष केबल गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विक्रमादित्य गिरी र स्वागत नरबहादुर रानाले गरेका थिए ।