धुर्मुस-सुन्तलीका लागि स्पेनमा २ लाख रुपैयाँ जुट्यो,सहयोग अभियान जारी


बार्सिलोना/ धुर्मुस-सुन्तलीले बनाउँन लागेको तेश्रो एकिकृत नमुना बस्ती निर्माण सहयोगका लागि स्पेनमा २ लाख रुपैयाँ भन्दा बढी सहयोग जुटीसकेको छ। प्रबासी नेपाली मञ्च स्पेनको पहलमा रकम संकलन भएको हो। रकम संकलन अभियानका संयोजक हेमन्त रानाभाटका अनुसार हाल सम्म १ हजार ९ सय १२ युरो ( करिव २ लाख २० हजार रुपैयाँ ) संकलन भईसकेको छ। संकलन अभियान एक महिना सम्म जारी राख्ने मञ्चले जनाएको छ।

अँग्रेजी नयाँ बर्ष २०१७ को नेपाली भित्ते पात्रो बिक्री गर्दै मञ्चले रकम संकलन समेत गरेको छ।अभियानका संयोजक रानाभाटले भने,” केहि दिनमा नै दुई लाख रुपैयाँ भन्दा बढी संकलन गर्न सकेका छौ, अझ यस अभियानमा धेरैको साथ र सहयोग रहनेमा हामी विश्वस्त छौ।”

भूकम्प पिडितका लागि दुईवटा एकिकृत नमूना बस्ती निर्माण सम्पन्न गरीसकेको धुर्मुस सुन्तली फाउण्डेशनले बर्दिबास २, महोत्तरीमा एकिकृत नमूना मुसहर बस्ती निर्माण गर्ने घोषणा गरे लगत्तै मञ्चले रकम संकलन गरेर पठाउँने निर्णय गरेको थियो।

मञ्चले यस अघि पनि स्पेनमा रकम संकलन गर्दै म्याग्दी बेग खोलाका बाढी तथा पहिरोपीडित ६४ घर परिवारलाई लाई राहत हस्तान्तरण गरेको थियो।

सहयोग दाताहरुको नामाबली

नाम थर सहयोग रकम (यूरो)
प्रवासी नेपाली मंच (संस्थागत) ३१५
दिनेश गुरुङ / ज्योति गुरुङ १५१
हेमन्त / मनिता / आयुष रानाभाट १०३
पुष्प राज तिमिल्सिना १०१
तारानाथ डल्लाकोटी १०१
लक्ष्मण शर्मा / हिमाल शर्मा ७१
छिरिङ लामा ६०
हेम शेर्पा / पेम्बा शेर्पा ५५
मुक्त बहादुर गुरुङ ५१
दीपक खरेल ५१
ओमर बहादुर गुरुङ ५१
गौतम गुरुङ ५१
राजु गुरुङ ५१
ईमान गुरुङ ५१
सन्तोष श्रेष्ठ ५१
सुनिल रानाभाट ५१
प्रकाश पाण्डे ५१
बसन्त रानाभाट / संजिता पौडेल ४०
प्रकाश भट्टराई २५
बल कार्की २१
दीपक कोइराला २१
सिता सिंह महर्जन २१
सरला सापकोटा २१
हेम पाण्डे २०
दिनेश राज रेग्मी २०
अनन्त लामिछाने २०
दिनेश भट्ट २०
रामु चालिसे २०
दीपू / दीपा गुरुङ २०
इन्द्र शर्मा २०
स्वागतम रानाभाट (दिपेन्द्र) २०
कमल थापा २०
तिजेंद्र गुरुङ ११
कविता गुरुङ १०
बिष्णु रानाभाट १०
युवराज गुरुङ १०
सारा राई १०
दावा ऋषि श्रेष्ठ १०
हेमन सिंह गुरुङ १०
बिनिता खनाल १०
चन्द्र कंडेल १०
संजीव गुरुङ १०
नरेन्द्र थापा १०
बेलकाजी गुरुङ १०
अमर गुरुङ १०
ताल बहादुर गुरुङ
सुन्दर गुरुङ
इशावेल
अनिता गुरुङ
कमला गुरुङ
पोपेंद्र गुरुङ
सिर्जना महर्जन
जम्मा १,९१२  यूरो