स्पेनमा तमु ल्होछार हर्ष उल्लासका साथ मनाईयो (भिडियो सहित)


बार्सिलोना/ तमु समाज स्पेनले बार्सिलोनामा ल्होछार पर्व एक बिशेष कार्यक्रमको आयोजना गर्दै मनाएको छ। समाजले आफ्नो स्थापना कालको दशौ बर्षको अबसरमा आईतबार ल्होछार बिशेष कार्यक्रम आयोजना गरेको हो।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्पेन स्थित संघ सस्थाका प्रतिनिधिहरु लगायत नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो।

समाजकी अध्यक्ष ज्योती गुरुङले ल्होछारको उपलक्ष्य शुभ-कामना ब्यक्त गर्दै सहभागी सबैलाई धन्यबाद ब्यक्त गरिन। समाजले बिगत नौ बर्ष देखि नै बिबिध कार्यक्रमहरु गर्दै ल्होछार मनाउँदै आएको छ। गाउँघरमा गरिने पिकनिकको झल्को मेट्ने गरी तयार भएका परिकारहरुको स्बादमा सहभागिहरु रमाएका थिए। ल्होछार तथा तमु गीत संगीतमा कलाकारहरुले नृत्य समेत प्रस्तुत गरे।

सन् २००७ मा स्थापना भएको समाजले  हरेक बर्ष ल्होछारको उपलक्ष्यमा कार्यक्रम राख्दै आएको  छ।

img_1526img_1527