यसरी गरियो बार्सिलोनामा नयाँ बर्षको स्वागत (फोटोफिचर सहित)


बार्सिलोना/ स्पेनमा अङ्गुर टोकेर नयाँ बर्षलाई स्वागत गरिएको छ। परम्परा अनुसार नयाँ बर्षको शुरुवात गर्ने क्रममा स्पेनमा अङ्गुर टोक्ने प्रचलन रहेको छ ।नयाँ बर्षको स्वागत गर्दा बजाईने प्रत्येक घण्टीसँगै एक अङ्गुर खान सके नयाँ बर्ष सुखद् रहने, भाग्य पनि राम्रो हुने बिश्वास रहेको पाईन्छ। प्रत्येक अङ्गुरले एक महिनाको प्रतिनिधित्व गर्ने र १२ महिनाका लागि १२ वटै अङ्गुर टोकेपछि बर्ष भरी नै समृद्धि हुने परम्परागत धारणा रहेको छ।

अङ्गुरलाई १२ सेकेन्ड भित्र खाई सक्नु पर्ने हुन्छ। स्पेनको प्रभाब रहेका दक्षिणी अमेरिकी मुलुहरुमा पनि यस्तै गरी नयाँ बर्षको स्वागत गर्ने प्रचलन रहेको छ।स्पेनमा बसाई गर्दै आएका नेपालीहरुले पनि परम्परालाई निरन्तरता दिदै आएका छन्।

नेपालीहरुको बाक्लो बसाई रहेको शहर बार्सिलोनामा नेपालीहरु नयाँ बर्ष मनाउन शनिबार मध्य राति प्लासा स्पानिया पुगेका थिए। अङ्गुर टोक्न र आतिसबाजी देख्न पर्यटक र स्थानीय गरी  हजारौको संख्यामा भिड लागेको थियो।

तस्बिर:- सुबास बहादुर बिष्ट

15874986_10157901264265567_7847415616759120600_o15844065_10157901263515567_7992813510409221133_o15776629_10157901266175567_5424487559146915505_o15741311_10157901264915567_7098536484467799194_n15775080_10157901265240567_7946916610353359538_o15777071_10157901263445567_5701845638628812466_o