लेखनाथ साहित्य पुरस्कार बालकृष्ण पोखरेललाई


पोखरा । लेखनाथ साहित्य प्रतिष्ठानद्वारा स्थापित लेखनाथ साहित्य पुरस्कार यस वर्ष वरिष्ठ साहित्यकार तथा भाषाविद्, प्राध्यापक बालकृष्ण पोखरलेलाई प्रदान गरिएको छ । हरेक वर्ष प्रदान गरिने ५० हजार ताम्रपत्र र दोसल्ला रहेको उक्त पुरस्कार विगत सात दशक अघिदेखि नेपाली भाषा र साहित्यको श्रीवृद्धीमा उल्लेखनीय योगदानको कदर स्वरूप कवि शिरोमणि लेखनाथ पौड्यालको १३३ औ“ जन्म जयन्तीका शुभ अवसरमा कविकै जन्मस्थल कास्कीको अर्घौ अर्चलेमा विशेष समारोहमा उक्त पुरस्कारद्वारा पोखरेललाई सम्मान गरिएको हो ।

पुरस्कार छनौट समितिमा लेखनाथ पुरस्कार अक्षयकोष संचालक समितिका संयोजक डा. शुक्रराज अधिकारी संयोजक र सदस्यहरूमा डा. रविलाल अधिकारी डा. प्रतिभा पाण्डे, रमा शर्मा र कृष्ण प्रसाद पौडेल रहेका थिए । यस अघि उक्त पुरस्कारद्वारा नेपाली शिक्षा परिषद् काठमाडौं, बासुदेव त्रिपाठी, मदनमणि दिक्षीत, धर्मराज थापा, मोदनाथ प्रश्रित र मुकुन्दशरण उपाध्याय सम्मानित भइसकेका छन् ।

उक्त समारोहमा लेखनाथ नगरपालिका सामुदायिक विद्यालयहरू मध्येबाट २०७२ सालको प्रवेशिका परीक्षामा छात्रा तर्पm सर्वप्रथम हुने गोगन मा.वि.की आकृती खनाललाई १० हजारको कुन्तीदेवी शिक्षा पुरस्कार, सामुदायिक विद्यालयहरूबाट सर्वप्रथम हुने गोगन मा.वि. कै आकास जैसीलाई र संस्थागत विद्यालयहरू मध्यबाट सर्वप्रथम हुने जुनियर सिटिजन एकेडेमीकी नम्रता आचार्यलाई ५र५ हजारको चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार, लक्ष्मी आदर्श मा.वि.बाट सर्वप्रथम हुने अनिल भुजेललाई ५ हजारको फणिन्द्र कुमारी ढकाल छात्रवृत्ति, जनज्योति मा.वि., कालिकाबाट सर्वप्रथम हुने सजना तिवारीलाई ५ हजारको मधुमाया ढकाल छात्रवृत्ति र कवि शिरोमणि लेखनाथ प्रा.वि.का विद्यार्थीहरूलाई १० हजारको कुन्तीदेवी छात्रवृत्ति प्रदान गरिएको थियो ।

लेखनाथ साहित्य पुरस्कार तथा कुन्तीदेवी शिक्षा पुरस्कार अक्षयकोषमा कविशिरोमणिकी कान्छी छोरी कुन्तीदेवीका परिवारजनबाट प्राप्त सहयोग ९ लाख एक हजार र पद्मराज ढकाल एकल सा“झबाट बचत भएको एक लाख सात सय सतहत्तर गरी जम्मा१० लाख एक हजार सात सय सतहत्तर रुपैया“ रहेको छ ।

यसैगरी चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार, मधुमाया ढकाल छात्रवृत्ति र फणिन्द्रकुमारी ढकाल छात्रवृत्तिका लागि पद्मराज ढकाल एकल सा“झबाट बचत भएको रकम एक लाख पचास हजार र अम्बिका ढकालद्वारा प्राप्त ५० हजार गरी अक्षयकोषमा दुई लाख रहेको छ ।