कास्कीको लेखनाथमा रहेको रुपातालको संरक्षणका लागि वाँध निर्माण गरिने


राजाराम पौडेल, पोखरा- कास्कीको लेखनाथमा रहेको रुपातालको संरक्षणका लागि वाँध निर्माण गरिने भएको छ । वाँध निर्माणका लागि नेपाल सरकारको पहलमा गठन भएको रुपाताल संरक्षण एकिकृत परियोजना कार्यालयको आइतवार विशेष समारोहका विच रुपातालको किनारामा उद्ध्घाटन गरीएको हो ।परियोजना कार्यालयको उद्घाटन गर्दै सिँचाई मन्त्रि दिपक गिरीले जुनसुकै विकास निर्माणको कार्यका लागि राजनैतिक एकताको खाँचो रहेको विचार राखेका थिए ।ताल तलैयाहरु राष्ट्रकै प्राकृतिक संम्पदा भएकाले यिनीहरुको संरक्षण गर्नु राज्यको दाइत्व भएको धारणा राख्दै राजनैतिक एकताको माध्यमवाट अगाडी वढ्न सवैमा अनुरोध गरेका थिए ।सरकारले अगाडि सारेको परियोजनालाई सफल पार्न यहाँका स्थानीय वासीहरुको सहयोग र सद्भावको आवश्यकता भएको विचार राख्दै बाँध निर्माणका लागि सरकारी तहवाट जनता पनि नठगीनेगरी र सरकारलाई पनि मर्का नपर्ने गरी उचित मुअब्जा दिलाउन आफुहरु तयार रहेको कुरा वताएका थिए ।

ताल संरक्षणले यस क्षेत्रमा पर्यटकीय गतिविधि संगसँगै आय आर्जनको लागि सिँचाईको व्यवस्था समेत गरिने छ, मन्त्री गिरीको भनाई रहेको छ ।कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले पर्यटनको संभावना वोकेको रुपातालको एकिकृत विकासका लागि सकारात्मक सोचले अगाडी वढ्नु पर्नेमा जोड दिदै गलत मनसायले परियोजनालाई नै असर पुग्ने गरी अन्य कार्यहरु नगरी अगाडि वढ्न आग्रह गरेका थिए । परियोजनावाट कसैलाई फाइदा र कसैलाई नोक्सानी नहुनेगरी राष्ट्रिय संम्पदाको सरक्षण गर्ने हेतुले सुद्ध भावनाले सहयोग गर्न सवैमा अनुरोध गरेका थिए ।

सोही अवसरमा विकास समितिका अध्यक्ष रविन्द्र अधिकारीले सवै जनताहरु जागरुप भएर परियोजनालाई सफल पार्नु पर्ने दायित्व जनतामा रहेको हँुदा राजनैतिक स्वार्थ भन्दा माथि उठेर तोकिएको समयमा परियोजनालाई सफल पार्नु पर्छ उनको भनाई रहेको थियो साथै उनले अवको राजनैतिक समृद्धि र विकासका लागि हुन पर्नेमा समेत जोड दिएका थिए ।कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाटले जनताको सद्भावना विना अगाडि वढ्न नसक्ने ठोकुवागर्दै राजनैतिक वाट मुक्त समाजको निर्माण गर्नुपर्छ उनको सुझाव थियो ।सोही अवसरमा सांसद यज्ञवहादुर थापाले स्थानीयवासीको राय सल्लाह अनुसार परियोजनालाई अगाडि वढाउनु पर्नेमा जोड दिएका थिए भने पुर्व स्वास्थय मन्त्री खगराज अधिकारीले स्थानीयवासी लाई उचित मुअव्जाको व्यवस्थागरी परियोजनालाई अगाडि वढाउनु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा सांसद जीवन परियारले विकासका लागि सहकार्य अपरिहार्य रहेको विचार राखेका थिए ।परियोजनाका प्रमुख श्रीराम जोसीको अध्यक्षतामा भएको सो कार्यक्रमका ईन्जिनियर छविलाल सुवेदीले परियोजनाको विस्तृत विवरण प्रस्तुत गरेको कार्यक्रममा लेखनाथ नगरपालिकाका कानूनी सल्लाहकार राममणि अधिकारी,नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण के.सी., एकिकृत नेकपा माओवादी केन्द्रका शिवजी लामिछाने, पोखरा उपत्यका नगरविकास समितिका उपाध्यक्ष प्रकाशमोहन खनाल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, जल उत्पन्न प्रकोप व्यवस्थापन विभागका महानिर्देशक मधुकर राज भण्डारी सिचाँई विभागका महानिर्देशक राजेन्द्र प्रसाद अधिकारी, सिँचाई मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर, रुपाताल पुर्नस्थापना मत्स्य सहकारी संस्थाका अध्यक्ष कुल प्रसाद अधिकारी र मत्स्य अनुसन्धान केन्द्रका टेकमान गुरुङ् लगायतले भाषणले होइन कि कामले अगाडी वढ्नु पर्नेकुरामा जोड दिएका थिए ।

१ सय ३५ हेक्टरमा फैलिएको रुपातालमा करिव १ अर्वको लागतमा ६ सय ६५ मिटर लम्वाई र ६ मिटर उचाईको बाँध निर्माण गरे पछि पानीको सतह ३ मिटर वढ्ने भएको छ । सो बाँध निर्माणपछि त्यस क्षेत्रका कृषि योग्य भुमिमा सिचाईको समेत व्यवस्था मिलाउने भएको छ । वाँध निर्माणका लागि करिव ८ सय ५५ रोपनी जग्गा व्यक्तिको पर्ने र सोही अनुरुप राज्यले मुअव्जाको व्यवस्था समेत गरेको छ ।