पोखरा सडक महोत्सव सुरु ,पोखरा उपत्यकाको गुरुयोजना निर्माणमा सरकार प्रतिबद्ध : मन्त्री केसी


राजाराम पौडेल,पोखरा- पोखरामा १८ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ,महोत्सवको उद्घाटन नेपाल सरकारका शहरी विकास मन्त्री अर्जुनरसिंह केसीले गरेका हुन् । महोत्सब उद्घाटन गर्दै मन्त्री केसीले जातिय र सास्कृतिक रुपमा एकता प्रदर्शनका लागि पनि सडक महोत्सब महत्वपूर्ण थलो भएको बताए । उहाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य आगामी सन् २०१७ जुलाई महिनादेखि सुरु हुने दावि गरे । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलसँगै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्तरीय बसपार्क, अन्तर्राष्ट्रिय स्तरको पार्क, चक्रपथ लगायतका विकासका पूर्वाधार तयार हुनुपर्नेमा मन्त्री केसीको जोड थियो । पोखरा चक्रपथ निर्माण कार्यलाई प्रक्रियामा प्रवेश गराउने तयारी भैरहेको, अन्तर्राष्ट्रिय विमानस्थलको डिपीआर तयार भैरहेको र समग्र पोखरा उपत्यकाको गुरुयोजना निर्माणमा सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।

महोत्सब पोखराको मुख्य पर्यटकिय क्षेत्रको रुपमा चिनिएको लेकसाइडको शहिदचोक देखि खहरे, डिहिकोपाटन सम्मको क्षेत्रमा हुनेछ । रेष्टुरेण्ट एण्ड वार एशोसियसन रेवान पोखराको आयोजनामा पाँच दिन सम्म चल्ने उक्त महोत्सवको उद्घाटनको अवसरमा झाँकी सहितको ¥याली प्रदर्शन समेत गरिएको थियो ।

“सडकमै खाऔं, सडकमै नाँचौं र सडकमै रमाऔं” भन्ने मुल नाराका साथ पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सबमा सडक मै रमाउन विदेशी तथा स्वदेशी पर्यटकहरु आउने गरेका छन् । यस वर्ष नेपालका विभिन्न भेगका सास्कृति सहित छिमेकी राष्ट्रका सस्कृति हेरेर पर्यटकहरु रमाउन पाउने छन् । पोखरालाई अंग्रेजी नयाँ बर्षको गन्तब्यस्थल बनाउने उद्देश्यले आयोजना गरिदै आएको महोत्सब पोखराकै प्रतिष्ठित महोत्सबका रुपमा रहेको छ । यो महोत्सबले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ठूलो भूमिका निर्वाह गरेको महोत्सवका संयोजक गोपीबहादुर भट्टराईले जानकारी दिए ।

पोखरा लेकसाईड क्षेत्रको सुरक्षालाई लियर हाल १४ वटा सीसी क्यामराहरु र ९९ वटा सोलार लाइट मर्मत कार्य सम्पन्न भएको छ । यस बर्ष कोमागाने पार्कमा उक्त महोत्सवको उद्घाटन सहितको विविध सास्कृतिक कार्यक्रम हुने भएको छ । यस अघिका बर्ष वसुन्धरा पार्कमा हुने गरेको कार्यक्रम पहिलो पटक कोमागानेपार्कमा हुन लागेको हो । भारत, जापान, रसिया लगायता देशको सांस्कृतिक कार्यक्रम प्रदर्शनी गर्ने सांस्कृतिक संयोजक समेत रहेका अध्यक्ष गुरुङले बताए ।

रातिको समयमा पनि अवेरसम्म माईक्रो वस सेवा संचालन हुने भएकोले पोखरा क्षेत्रका स्थानीयलाई माईक्रोवस प्रयोग गर्न महासचिव विश्वराज पौडेलले बताए । पोखरा वस व्यवसायी समितिले यात्रुको चाप माग अनुसार पोखराका धेरै क्षेत्रमा राति ११ बजेसम्म र अग्रेंजी नयाँ बर्षको दिनमा भने राति एक बजेसम्म सेवा दिने भएको पौडेलले जनाए । सडक महोत्सवको अवसरमा पोखरा क्षेत्रका पर्यटकीय स्तरका होटलमा २० प्रतिशत छुट दिने पश्चिमाञ्चल होटल संघले घोषणा गरेको छ । संघका अध्यक्ष भरतराज पराजुलीले सडक महोत्सवको अवसरमा आन्तरीक पर्यटकहरुलाई २० प्रतिशतसम्म होटलको आवासमा छुट दिने भएको जनाए ।
महोत्सव उद्घाटन कार्यक्रममा सभासद् यज्ञबहादुर थापा, सारदा पौडेल, रेवान पोखरा महासचिब विश्व पौडेल लगाएतले शुभकामना दिएका थिए । सोही अवसरमा पोखराको लेकसाइडमा रहेको माउण्ट कैलाश होटलका सञ्चालक नरेश भट्टराईलाई विदेशबाट विभिन्न सम्मान पाएको भन्दै सम्मान गरिएको थियो ।