रोनाल्डोले थप दुई अवार्ड जिते


रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले यस बर्ष अवार्डको बर्षा नै गरेका छन् ।बालोन डि’ओर जितिसकेका उनले थप दुई अवार्ड जितेका हुन्। उनले सर्वश्रेष्ठ युरोपेली खेलाड़ी तथा दुबई ग्लोब सकर अवार्ड अन्तरगत उत्कृष्ट वर्ष खेलाडी गरी थप दुई अवार्ड जितेका छन् ।

गत सिजन रियल मडि्रडलाई च्याम्पियन्स लिग जिताएका उनले पोर्चुगलबाट युरोकप जिते । फिफा प्लेयर अफ दि इयरको अवार्डमा पनि रोनाल्डोलाई नै प्रमुख दाबेदारका रुपमा हेरिएको छ ।

दुबई ग्लोब सकर अवार्डमा रियल मडि्रडका पेरेज प्रेसिडेन्ट अफ दि इयर बनेका छन् भने रियल मड्रिड क्लब अफ दि इयर घोषित भएको छ । पोर्चुगलका फनान्डो सान्तोषले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते भने इटोले प्लेयर करियर अवार्ड जिते ।