महिला फुटबलमा माल्दिभ्सविरुद्ध नेपालको सानदार जीत


भारत (सिलिगुडी)- सिलिगुडीमा जारी चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा नेपालले माल्दिभ्सविरुद्ध सानदार जीत निकालेको छ । कञ्चनजंघा स्टेडियममा बुधबार भएको नेपालको दोस्रो खेलमो माल्दिभ्सलाई ९–० गोलको फराकिलो अन्तरले हराएको छ ।

सावित्रा भण्डारीले माल्दिभ्सविरुद्धको खेलमा एक्लैले ५ गोल गरेकी छन् । प्रतियोगिताको उद्घाटनमा भुटानविरुद्ध पनि भण्डारीले ६ गोल गर्दै दोहोरो ह्याट्रिक गरेकी थिइन् । सावित्राले १२,२८, ३९, ५० र ६३ औं मिनेटमा गोल गरिन् ।नेपालको लागि मञ्जलीकुमारी योञ्जन, सपना लामा, हीराकुमारी भुजेल र निर्मला विकले एक÷एक गोलको योगदान दिए ।

नेपालले आफ्नो तेस्रो खेल श्रीलंकासँग पुस १५ गते खेल्नेछ । पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोलले पराजित गरेको थियो ।
प्रतियोगिताको समूह ए मा नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान छन् । समूह बि मा भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत ३ पटक च्याम्पियन बनेको छ । नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा पाकिस्तान भने सहभागी भएको छैन ।