सरकारले दर्ता गरेको संसोधन प्रस्ताव फिर्ता हुँदैन : शहरी विकासमन्त्री केसी


राजाराम पौडेल,पोखरा-सरकारले दर्ता गरेको संसोधन प्रस्ताव फिर्ता नहुने शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले बताएका छन् । प्रेस यूनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारले असन्तुष्टहरुको मागलाई सम्वोधन गर्ने गरि ल्याएको प्रस्ताव फिर्ता नहुने बताएका हुन् । ‘संसोधन प्रस्ताव फिर्ता हुदैन्, सकेसम्म पास गराउछौ, नत्र फेल हुन्छ, प्रक्रियामा गएपछि त्यसलाई स्वीकार गछौ ’उनको भनाई थियो ।

सरकारले संविधानको कार्यान्वयन गर्न मधेशीमा देखिएको असन्तुष्टि सम्वोधन गर्न संसोधन प्रस्ताव दर्ता गरेको स्पष्ट पारे । उनले तराईमा देखिएको असन्तुष्टि सम्वोधन नभए संविधान कार्यान्वयन जटिल बन्छ, त्यसैले संसोधन संविधान कार्यान्वयनका लागी हो । ‘मधेशी मोर्चालाई सहमतीमा ल्याएर कार्यान्वयनका लागी तिन तहको निवाचन गर्नुपर्छ ।’ काँग्रेस नेता केसीले काँग्रेस सभापति स्वःशुशिल कोइराला नेतृत्वकै सरकारका बेला एमालेसंग भएको सहमतीको दस्तावेज अहिलेको संसोधन प्रस्ताव भएको बताए । पहिला गरेको सहमतीलाई अहिले नमान्ने भनेर एमालेले गम्भिर गल्ती गरेको मन्त्री केसीको भनाईथियो ।
उनले एमालेले स्वीकार नगर्ने अधिकार भएपनि प्रस्ताव छलफल गर्न दिन्नौ भन्नु लोकतान्त्रिक प्रक्रिया विरुद्ध भएको बताए।‘प्रस्ताव नमान्ने अधिकार छ तर संसदमा छलफल हुनै दिन्नौ भन्ने कुरा संसदीय पक्रिया र पद्धती नमान्ने खालको छ ।’ उनले सरकारको प्रमुख काम संविधान कार्यान्वयन भएकाले संसोधन मार्फत निवाचन गरेर जाने दिशामै केन्द्रीत रहेको बताए।
प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणी बरालको अध्यक्षातामा भएको कार्यक्रममा सचिव प्रकाशचन्द्र सापकोटा र सदस्य विमला भण्डारीले बोलेका थिए ।