मदन भण्डारी एकेडेमी एमालेको भातृ संगठन होइन : अध्यक्ष श्रेष्ठ


राजाराम पौडेल,पोखरा- मदन भण्डारी एकेडेमी एमालेको भातृ संगठन नभएको मदनभण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष एवम सभाषद विनोद श्रेष्ठले दावी गरेका छन् । एकेडेमीको प्रदेश नम्वर चारको भेलामा बोल्दै उनले विशुद्ध खेल र खेलाडीको पक्षमा काम गर्ने उद्देश्यले गठन भएको दावी गदै राजनीतिक दलसंग निकट खेलकुदका संघसंस्थाका कारण प्रतिभावन खेलाडीले अवसर नपाएको बताए ।‘खेकलदुमा राजनीतिक भनसुन हुने भएकाले राम्रा र प्रतिभावन खेलाडीहरुले अवसर पाउन सकेका छ्रैनन् तर एकेडेमी सवैको साझा बन्ने छ ।’

अन्तराष्ट्रिय क्षेत्रमा नै ख्याती कमाएका मदन भण्डारीको नाममा स्थापित एकेडेमीले सवैका लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै अगाडी वढेको बताए । उनले भने–“खेलकुदको गलत नितीका कारण प्रशिक्षकहरु काम नपाउने तथा राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी नाङ्गो खुट्टा खेल्नु पर्ने वाध्यताको अन्त्य हुन आवश्यक छ ।” अध्यक्ष श्रेष्ठले एकेडेमीले अव चाँडै नै स्र्पोट्स साइन्स अध्ययन गर्न चाहनेका लागि कार्य गरिरहेको तथा एकेडेमीको आठौं दिवशको स्थापना कार्यक्रम पछि एक गाँउ एक खेलकुद मार्फत खेलकुद विकासका लागि अग्रसर रहने वताए ।

भेलामा नेकपा एमाले पोलिटव्युरो सदस्य गणेश तिमिल्सिनाले मदन भण्डारीका नाममा हुने सम्पुर्ण गतिविधी र कार्यहरुको उचित संरक्षण र संवद्र्धन आव्रश्यक रहने कुरा बताए । उनले खेलक्षेत्र र खेलाडीको विकासका लागि ठोस कार्य योजनाका साथ एकेडेमी अगाडी वढनु पर्ने सुझाव समेत दिए । नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य मानवहादुर जिशीले खेलकुद क्षेत्रको विकासमा लाग्न आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य मान वहादुर जिसी, नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, मदन भण्डारी स्र्पोट्स एकेडेमीका केन्द्रिय सदस्य राजेश गुरुङ्ग, कास्कीका अध्यक्ष ऋषी गौतम लगाएतले वोलेका थिए । कार्यक्रम स्र्पोट्स एकेडेमीका केन्द्रिय उपाध्यक्ष मोहन रेग्मीको अध्यक्षतामा भएको थियो ।
भेलाले नेकपा एमाले क्षेत्र नम्वर चारका अध्यक्ष विष्णु केसीको संयोजकत्वमा १९ सदस्यीय प्रदेश नम्वर ४ स्तरीय कमिटि गठन गरेको छ । कमिटीको सदस्यमा ऋषी गौतम (कास्की), देवेन्द्र पाण्डे (पर्वत), अनिल पाण्डे (तनहुँ), सेत पुन (नवलपरासी), प्रेम लामिछाने (वागलुङ्ग), नारायण पुन (म्याग्दी), शान्ति बस्नेत (गोर्खा), विवश वुढाथोकी (लमजुङ्ग), केशर क्षेत्री (स्याङ्गजा), हिमाल सिंह ठकुरी (नवलपुर), कुमार थिङ्ग (कास्की), विमल गुभाजु (कास्की), लोकेन्द्र आले (स्याङ्गजा), इमान थापा (तनहुँ), केशव पाठक (पत्रकारीता) र अन्जु केसी (महिला) बाट रहेका छन ।