आमाको पुण्यतिथिमा ४ लाख सहयोग


पोखरा । पोखरा ९ दरबारथोक स्थित ईनोभेटिभ डेभलपमेन्ट एजुकेशन एकेडेमी (आईडिया) का प्रबन्ध निर्देशक डा. रमेशचन्द्र देवकोटाले पालुङ्टार ११, गोरखा निवासी स्वर्गीय आमा खिनुमाया देवकोटाको पुण्यतिथिमा खानेपानी समितिलाई चार लाख आर्थिक सहयोग गरेका छन् ।

उनले आमाको तेह्रौ पुण्यतिथिको अवसरपारी गत आईतबार बोहोरा गाउँ ग्रामीण खानेपानी उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ताहरुको उपस्थितीमा उक्त आर्थिक सहयोग गरेका हुन् ।

उक्त सहयोग रकम समितिको पालुङटार कृषि विकास बैक, गोरखामा जम्मा भएको छ । पालुङटार नगरपालिका वडा नं ८ र ११ अन्तर्गत पर्ने लिगलिग बोहोरा गाउँका करिव १०० घरधुरिले उक्त आयोजनाको खानेपानी प्रत्यक्ष उपभोग गर्न पाउनेछन् ।

आफ्नो आमाको सम्झनामा उक्त नगरपालिकाभित्रका विपन्न वस्तीहरुमा शैक्षिक तथा सामाजिक सेवा गर्दै जाने कार्ययोजना रहेको डा. देवकोटाले जानकारी दिए । विगतमा उनले गोरखामा विभिन्न सामाजिक कार्य गर्दै आएका थिए ।