महोत्सवको सफल पार्न २५ किमिको साईकल याली


पोखरा । कास्कीको पर्यटकिय गाउँ रुपाकोटमा पुस २८ गतेदेखि सुरु हुने रुपाकोट महोत्सव २०७३ को सफल पार्न साईकल सिटि पोखराले साईकल ¥याली गर्ने भएको छ ।

माघ १ गते अमरसिंहचोकदेखि रुपाकोटसम्म सयभन्दा बढि साईक्लिष्ट सहभागी हुने साईकल सिटि पोखराका अध्यक्ष प्रकाश वज्राचार्यले वताए । पोखरादेखि रुपकोट महोत्सव हुने स्थान करिब २५ किमि रहेको छ ।

महोत्सवलाई हालसम्म रुपाकोट रिसोर्ट, रुपाकोट सदिक्षा सुनचाँदी दोकान, रुपाकोट सेक्यूरिटि प्रालि, नेपाल पर्यटन वोर्ड, भिरचोक आमा समुह, सोना सिमेन्ट, भिरचोक ईष्टमित्र सहयोग कोष, बराहथोक तमु समाज, सातमुहाने देउराली तमु समाज, डिलबहादुर गुरुङ र जापानबाट सम्झना थापाबाट आर्थिक सहयोग प्राप्त भएको महोत्सव आयोजक समितिका संयोजक एवं ध्रुबतारा क्लबका अध्यक्ष प्रेमकुमार खड्काले वताए ।