राज्यमन्त्री भाटद्धारा वन तथा भु–संरक्षण कार्यालयहरुको निरिक्षण


वन तथा भु–संरक्षण राज्य मन्त्री दीर्घराज भाट

कृष्ण रानाभाट/पोखरा। वन तथा भु–संरक्षण राज्य मन्त्री दीर्घराज भाटले कास्की र स्याङ्जाका वन तथा भु–संरक्षण कार्यालयहरुको निरिक्षण भ्रमण गरेका छन् ।

शनिबार पश्चिमाञ्चल क्षेत्रिय वन निर्देशनालय र जिल्ला बन कार्यलयका प्रमुखहरु संग कार्यलयको गतिविधि, समस्याहरुको वारेमा जानकारी लिदैं जनताको पक्षमा कार्य गर्न निर्देशन दिएका हुन् ।

राज्यमन्त्री भाटले क्षेत्रिय निर्देशनालयका प्रमुख धनन्जय पौडेल र जिल्ला बन कार्यालयका प्रमुख केदार वराललगाएत कर्मचारीहरुलाई देश र जनताको पक्षमा कार्य गर्दा कुनै अप्ठ्यारो परेमा सिधा आफुलाई फोन गर्न समेत निर्देशन दिएका थिए ।
त्यसै गरी राज्य मन्त्री भाटले आईतबार स्याङ्जा जिल्लाका वन कार्यालय तथा भु–संरक्षण कार्यालयको जानकारी लिर्दै राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने, कामचोर र भ्रष्ट कर्मचारीलाई दण्ड दिने वताउँदै वन जंगल जोगाउन, चुरे संरक्षण, नदिको किनारमा वृक्षरोपण गर्न समेत निर्देशन दिएका थिए ।

सो अवसरमा आफ्नो निर्वाचन क्षेत्रमा कर्णालीको तिरमा वेतको खेती गरेर समुदायले विभिन्न विकासका कार्य गरेको स्मरण गराउँदै दुई वर्ष पछि नदिमा सिधै गएर ढुङ्गा वालुवा निकाल्न दिदाँ नदिले कटान वढाउदै गएको वताए ।

त्यसै गरी आईतबार नै पाल्पा जिल्लाका वन तथा भु–संरक्षण कार्यलयहरुको स्थलगत निरिक्षण गरि आवश्यक निर्देशन दिएका राज्यमन्त्री दीर्घराज भाटले भोली सोमबार रुपन्देही, कपिलवस्तु र वाँके राष्ट्रिय निकुञ्जको निरिक्षण गर्ने कार्यक्रम रहेको उनका निजि सचिव हरिश्चन्द्र सिंहले वताए ।