सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको टेनिस पोखरामा शुरु


राजाराम पौडेल,पोखरा- सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत टेनिस खेल शनिबारदेखि पोखरामा शुरु भएको छ । सांसद विकास समितिका सभापति रबिन्द्र अधिकारीले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै सभाषद् अधिकारीले पोखरामा टेनिस खेल आयोजना गरिएकोमा राष्ट्रिय खेलकुद परिषद् र नेपाल टेनिस संघलाई पनि धन्यवाद ज्ञापन गरे । आगामी १३ औं साफ खेलकुदमा टेनिस पोखरामै गरिने कोशिष पनि भइरहेको उनले जनाए । राजनीति गर्नेहरुले खेलाडीहरुबाट अनुशासनको पाठ सिक्नुपर्ने भन्दै उनले खेलेपछि जित वा हार जे भएपनि खेलाडीले स्विकारे जस्तै राजनीति गर्नेहरुले पनि जित वा हारलाई स्विकार्न सक्नुपर्नेमा जोड दिए । उनले पोखरामा टेनिस खेलको विकासका लागि आफुले सक्दो प्रयास गर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणाले पोखरामा पाँच वटा टेनिस कोर्ट बनिसकेकोमा खसि व्यक्त गरिन । अन्र्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न ६ वटा टेनिस कोर्टको आवश्यकता पर्ने बताउँदै पोखराले अर्को टेनिस कोर्ट निर्माण गरे पोखरामा अन्र्तराष्ट्रिय प्रतियोगिता ल्याउने प्रतिवद्धता जाहेर गरिन् ।

सो अबसरमा खेलाडीको तर्फबाट पश्चिमाञ्चलका कुमार अधिकारीले तथा अफिसियलको तर्फबाट रेणु कोण्डा बज्राचार्यले सपथ ग्रहण गरेका थिए । नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले स्वागत तथा कास्की जिल्ला टेनिस संघका सचिव लोक गुरुङ्गले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्