चितुवाको आक्रमणले एक घाइते, चितुवा हँसियाको चोटले मर्‍यो


पोखरा । शनिबार स्याङ्जाको सेतिदोभान गाविसस्थित गगनपानीमा एक चितुवाले आक्रमण गर्दा पुर्व सइ गिरिधारी लामिछाने सख्त घाइते भएका छन् ।

शनिबार दिउँसो गाउँका बालबालिकालाई आक्रमण गर्न लागेको चितुवालाई धपाउन गएका लामिछानेलाई उक्त चितुवाले आक्रमण गरेको थियो ।

घाइते लामिछानेको कुम, ढाडमा चोट लागेको र उनको गण्डकी हस्पिटल पोखरामा उपचार भइरहेको छ भने उनको हातमा रहेको हँसियाको चोटले मरेको चितुवा जिल्ला बन कार्यालय स्याङ्जामा राखिएको छ।

अन्दाजी १८ महिनाको उक्त चितुवालाई जिल्ला बन कार्यलय स्याङ्जाका फरेस्टर दुर्गा पोखरेल, बन रक्षकहरु कृष्ण ढकाल,
युवक राना र दिर्घ बहादुर गोदारको टोलिले ९ गते राती ल्याएको थियो ।