मापदण्डमा रहेर घर निर्माण गर्न ब्यवसायिलाई कार्यकारीको निर्देशन


राजाराम पौडेल,पोखरा-सरकारले तोकेको मापदण्डमा रहेर घरहरु निर्माण गर्न ब्यवसायिहरुलाई लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुगानाले निर्देशन दिएका छन् ।

निर्माण ब्यवसायि समिति लेखनाथको विहिवार भएको १२ औं साधारण सभामा बोल्दै पोखरा र लेखनाथ नगरपालिकाको पनि कायकारी अधिकृतको जिम्वेवारी समाल्दै आएका ढुगानाले सरकारले तोेकेको मापदण्डको परिधिमा रहेर भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नका लागि आग्रह गर्दै यदि कोही कसैले नियमलाई पालन नगरि आफनो नाफाँका लागि प्राविधिकहरुलाई पौसा खुवाएर काम गर्छन भने उपभोक्ताको घरको नक्सा पास रोक्का देखि निर्माण ब्यवसायिहरुको लायसेन्स समेत रद्ध गरिदिने घोषणा गरेका हुन् ।

तपाईहरु नियममा बसेर काम गर्नोस्,त्यसका लागि तालिम वा प्राविधिक ज्ञान के चाहिन्छ त्यो दिन स्थानिय सरकारको रुपमा रहेको नगरपालिका तयार छ तर भौतीक संरचना नै कुरुप र कमजोर हुने गरि काम भयो भने हामी कारवाही गर्न पछि पर्ने छैनउ उनको जोडदार भनाई रहेको थियो।

निर्माण ब्यवसायि समिति लेखनाथका अध्यक्ष किसान सिङ गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,पोखरा निर्माण ब्यवसायि समितिका अध्यक्ष अर्जुन थापा,वरिष्ठ उपाध्यक्ष नारायण गुरुङ,सचिव नवराज वस्नेत,कोषाध्यक्ष तारानाथ पाठक,लेखनाथ हाडवर्यस एसोसियसनका अध्यक्ष शैलेन्द्रमोहन भटराई,दिप सिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी लगाएतले गुणस्थरीय सामाग्रीको प्रयोग गरि सरकारी मापदण्ड अनुसारको भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नु पर्ने सुझाव दिएका थिए।

निर्माण ब्यवसायि समिति लेखनाथका सचिव रामवहादुर गुरुङले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन सस्थापक अध्यक्ष कर्णबहादुर सुनारले गरेका थिए।