तमु समाज स्पेनले दशौ बर्ष ल्होछार मनाउँदै


बार्सिलोना/ तमु समाज स्पेनले यस बर्ष पनि बार्सिलोनामा ल्होछार मनाउँने भएको छ। समाजले आफ्नो स्थापना कालको दशौ बर्षलाई आगामी जनबरी १ तारिख कार्यक्रमको आयोजना गर्दै ल्होछार मनाउँन लागेको हो।

समाजले बिगत नौ बर्ष देखि नै बिबिध कार्यक्रमहरु गर्दै ल्होछार मनाउँदै आएको छ। यस पटक स्पेन स्थित संघ सस्था लगायत नेपाली समुदायको उपस्थितिमा त्रिनाथ भिईयामा कार्यक्रम राखिएको समाजकी अध्यक्ष ज्योती गुरुङले जानकारी दिईन।

अध्यक्ष गुरुङले भनिन्,” पौषको पन्ध्र तिर सबै दाजुभाई दिदीबहिनीहरु एकै जम्मा भई पिकनिक जस्तै गरी गाउँघर तिर ल्होछार मनाउँने चलन छ, यस पटक हामी गाउँ घरकै त्यहि याद ताजा गर्न चाहन्छौं। बार्सिलोनामा पनि त्यसै गरी नाचगान र रमाईलो गरी ल्होछार मनाउँने सोच बनाएका छौ सबैलाई उपस्थित हुन अनुरोध गर्दछु।”

सन् २००७ मा स्थापना भएको समाजले  हरेक बर्ष ल्होछारको उपलक्ष्यमा कार्यक्रम राख्दै आएको  छ।

कार्यक्रम बारे पूर्ण जानकारी

  • मिति:- जनवरी १ तारिक,२०१६
  • समय:– मध्यान्न १२ बजे देखि साँझ ६ बजे सम्म
  • स्थान:–  TRINITAT VILLA M L1
  • शुल्क :- १० यूरो ( १० बर्ष मुनिका बालबालिका लागि निशुल्क )
  • आयोजक :- तमु समाज स्पेन